मैत्रीपूर्ण फुटबल खेल्न राष्ट्रिय टोली आज इराक प्रस्थान गर्दै

पोखरा स्पोर्टस । इराकसँग मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट र एसियन कप–२०२३ छनोट खेलका लागि नेपाली राष्ट्रिय टोली मगंलबार इराक प्रस्थान गर्ने भएको छ ।

२३ जना खेलाडी र १२ जना अफिसियल गरी कुल ३५ सदस्यिय नेपाली टोली आज कतार एयरवेजबाट इराक प्रस्थान गर्ने भएको हो । नेपाली टोलीसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल समेत त्यसतर्फ प्रस्थान गर्ने भएका छन ।

नेपाली टोलीको आउने जाने हवाई खर्च विश्व फुटबल महासंघ (फिफा) ले ब्यहोर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

यस्तो छ कार्यक्रम
नेपाल र इराकको राष्ट्रिय टोलीबीच जेठ १५ गते हुने मैत्रीपूर्ण खेल हुनेछ भने जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जाने कार्यक्रम रहेको छ । कुवेतमा नेपाली टोलीले विश्वकप र एसिया कप छनोटको खेल खेल्नेछ । नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।

विश्वकप छनोटको अंक तालिकामा नेपाल ३ अंकका साथ चौथो स्थानमा छ । नेपालले ५ खेलमा १ खेलमा जित र ४ खेलमा हार बेहोरेको छ । अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक तथा अंक चाइनिज ताइपेइले अझै अंक जोड्न सकेको छैन ।

को को छन टोलीमा
गोलरक्षकः किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार ।
डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल र विकास खवास ।
मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान ।
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा र सुमन लामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close