स्पोर्टस क्यासलमा मिलेको सात जनाको मन, पोखराकै ठूलो जिम र फुटसल सञ्चालनमा

केशब पाठक,
पोखरा,
पोखरामा अन्तर्राष्ट्रिय स्तरको जिम हल र अन्तर्राष्टिय मापदण्डको फुटसल आज बाट विधिवत रुपमा सञ्चालनमा आएको छ । यसको नाम स्पोर्टस क्यासल दिइएको छ । पोखरा महानगर पालिका वडा नं ४ मा निजी क्षेत्र बाट सञ्चालनमा आएको यो स्पोर्टस क्यासल पोखराकै सबै भन्दा ठूलो व्यवस्थित रहेको छ ।

यो स्पोर्टस क्यासल सञ्चालनमा ल्याउन पोखरेली यूवाहरुको योगदान मात्रै नभई लगानी समेत रहेको छ । निजि क्षेत्र बाट खेलकुदको विकासका लागि सञ्चालनमा आएको स्पोर्टस क्यासलमा सात जनाको मन मिलेको छ । ति मन मिल्ने यूवाहरुमा पूर्व राष्ट्रिय खेलाडी ईश्वर गुरुङ ‘चन्द्र’, एन्फा कास्कीका कोषाध्यक्ष समेत रहेकी बिजया गुरुङ, यूवा ब्यवसायी अनमोल पालिखे, दिलिप कार्की, पूर्व फुटबल खेलाडी विष्णु गुरुङ, पवन गुरुङ र विशाल श्रेष्ठ रहेका छन । स्पोर्टस क्यासल करिब ५ करोड ५० लाखको लगानीमा सञ्चालनमा आएको हो ।

स्पोर्टस क्यासलमा जिम, फुटसल, साउना वाथ, जुम्वा डान्स लगाएत सुविधाहरु रहेका छन । त्यो संगै स्पोर्टस क्यासलमा आउनेहरुका लागि सुविधाजनक खाजा घर समेत खोलिएको छ ।

शनिवार एक समारोहका विच स्पोर्ट्स क्यासलको उद्घाटन गर्न पुगेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले मुलुकलाई समृद्ध बनाउन खेलकुदको बिकास महत्वपूर्ण रहेको बताए । उनले खेलकुदको बिकासका लागि निजी क्षेत्र अगाडी आउनु पर्ने तर्क अघि सार्र्दै भने–‘अहिले एसिया लगाएतका केही मुलुकहरु बिकास हुनुको पछाडी खेलकुदको बिकासले सम्भव भएको हो ।’

स्पोर्टस क्यासल आगामी दिनमा पोखराको खेलकुद बिकासमा कोशे ढुङाको रुपमा रहने धाराणा राख्दै मन्त्रि गुरुङले प्रदेश सरकारले निजी क्षेत्रको लगानीलाई माथी उठाउन वातावरण बनाउन सहयोग गर्ने बताए । उनले मानसिक रुपमा तन्दुरुस्त र स्वस्थ जिवनका लागि खेलकुद सर्बैका लागि अपरिहार्य रहेको बताए ।

कार्यक्रम शुभकामना व्यक्त गर्दै गण्डकी प्रदेश सांसद विन्दु कुमार थापाले स्वस्थ्य, अनुशासित र दिर्घायू जिवनका लागि खेलकुदले भूमिका खेल्ने बताउँदै भने–‘पोखराको खेलकुद बिकासका लागि स्पोर्टस क्यासल सफल हुनेछ ।’ उनले यूवाहरुलाई कुलत र विसंगती बाट टाढा राख्न खेलकुद आवश्यक रहने बताउँदै प्रदेश सरकारले समेत खेलकुद मार्फत पर्यटन बिकासका लागि प्राथमिकताका साथ योजना अगाडी सारेको बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, नेपाल ओलोम्पिक कमिटीका सदस्य तथा नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ, वडा नं ४ का सदस्य पुष्कर श्रेष्ठ लगाएतले स्पोर्टस क्यासल पोखराको खेलकुद बिकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा १८ औं एसियाली खेलकुदमा रजत पदक जिताउन सफल प्याराग्लाइडिङका प्रशिक्षक योगेश भट्टराईलाई खादा र सम्मानपत्रले सम्माानित गरिएको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङ, विश्व शारिरिक सुगठनमा स्वर्ण पदक बिजेता महेश्वर महर्जन लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम स्पोर्टस क्यासलका संचालक इश्वर गुरुङ ‘चन्द्र’को अध्यक्षतामा भएको थियो ।

तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close