कोभिड महामारीका विच पनि रोकिएको छैन पोखरा रंगशालाको निर्माणको काम

पोखरा स्पोर्टस । यति बेला कोभिड १९ को महामारीले चौतर्फी रुपमा असर परेको छ । तर यस्तो महामारीका बेलामा समेत पोखरा रंगशालाको फुटबल स्टेडियम निर्माणको काम रोकिएको छैन ।

पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणको काम एक वर्ष अघि नै सक्नु पर्ने थियो । भारतको ग्रेट स्पोर्टस र ललितपुरको एम ए कन्सट्रक्सनको जोइन्ट भेन्चर कम्पनीले निर्माणको गतिलाई तिव्रता दिने प्रयास गरे पनि ‘डिजाइन एण्ड विल्ड’को अवधारणामा शुरु भएको कामनै अनुभवको कमीले समयमा नसकिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दिपक बरालले बताए ।

बरालले भने–“खेलकुदमा यो नयाँ अभ्यास थियो, हामीलाई अनुभवको कमी त्यही कारणले पनि निर्माण कार्य सम्पन्न गर्न ढिलाई भयो ।” डिजाइन इन विल्डमा कसरी काम शुरु गर्ने विषयमा निर्माण कम्पनी र राष्ट्रिय खेलकुद परिषद ६ महिना भन्दा वढी त्यसैको छलफलमानै रहेको उनले बताए । यदि निर्माणको काम भनेको दिनमानै शुरु भएको भए यतिबेला पूर्ण रुपमा तयार भइसक्ने बरालको भनाई थियो ।

यति बेला भौतिकरुपमा ८५ प्रतिशत निर्माण कार्य सकिएको निर्माण कम्पनीले दावी गरे पनि भिआइपी प्यारापिटतर्फ ट्रष्ट (छानो) हाल्ने कार्य भने हिजोबाट मात्रै शुरु भएको छ । ट्रष्टमात्रै राख्न १० दिन अझै लाग्ने भारतबाट आएका एक प्राविधिकले पोखरा स्पोर्टसलाई बताए । रंगशाला भित्र रहेका एक दर्जन शौचालय सँगै चेन्जिङ रुमतर्फको काम भने कछुवाको गतिमा रहेको छ । यतिबेला पोखरा रंगशालामा मजदुरको अभाव जस्तै देखिन्छ भने करिव २० जना मजदुरहरु निर्माणको काममा खटिएका छन ।

पोखरा फुटबल स्टेडियमको दर्शक क्षमतालाई २० हजार पुर्याउने राखेपले जनाए पनि त्यो काम अघि बढ्न सकेको छैन । “यतिबेला दर्शक क्षमता भनेको १६ हजार ५ सय हो, राखेपले २० हजार पुर्याउने भनेको छ तर त्यसका लागि कुनै कुरा अघि वढ्न सकेको छैन” बरालले भने–“पोखरा रंगशलाको पूर्वतर्फ विल्डिङ सहित २ हजार २ सय र उत्तर दक्षिणतर्फ गरी एक हजार ३ सय सिट थपिनेछन ।” उनले कोभिड १९ को महामारीका विच पनि पूर्ण शूरक्षाका साथ निर्माणको कार्य जारी रहेको बताए ।

तर यता राखेप सदस्य राजेश कुमार गुरुङ पोखरा फुटबल स्टेडियमको काम समयमा सकिने कुरामा ढुक्क छन । कोभिड लगायत अन्य कारणले निर्माणको काम केही ढिलाई देखिएको भए पनि राखेप यसलाई छिटो सक्ने कुरामा दृढ रहेको गुरुङको भनाई छ । उनले रंगशालाको सिट थप्ने कुरामा समेत योजना छिट्टै बन्ने बताए । उनले १३ औं सागमा निर्माण सम्पन्न हुन नसकेको निर्माणलाई पुरा गर्न राखेपले आफूलाई जिम्मा दिएको बताउँदै आम पोखरेलीहरुले अव चाँडैनै नवौ राष्ट्रिय खेलकुद होस भन्ने चाहेको उनले बताए ।

१३ औं साग खेलकुदमा जसरी सवैको सहयोगले सफल रुपमा सम्पन्न भयो त्यही रुपमा नवौं राष्ट्रिय खेलकुद समेत सम्पन्न गर्न राखेपले तयारी गरिरहेको बारे आफ्ना भनाई राख्दै राखेप सदस्य गुरुङले दशै सम्ममा फुटबल स्टेडियमको निर्माण कार्यलाई पूर्णता दिने लक्ष्य रहेको बताए । यसका साथै पोखरा रंगशालामा स्विमिङ पुल लगायत अन्य पूर्वाधारको कामलाई समेत अव चाँडैनै शुरुवात गरी नवौ राष्ट्रिय खेलकुदको लागि पोखरा रंगशालाई तयारी अवस्थामा राख्ने बताए ।

के भन्छन त राखेपका सदस्य राजेश कुमार गुरुङ र निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दिपक बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close