
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका नवनियूक्त यूवा तथा खेलकूद मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले यूवा लाई खेलकूद र स्वरोजगार सँग जोड्ने बताएका छन ।

यूवा तथा खेलकूद मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन । मन्त्री गुरुङले भने–“धेरै यूवा हरु खेलकूदमा छन, तर उनीहरुमा खेलकूद पछि के भन्ने प्रश्न सँधै उव्जिएको छ म यसलाई समाप्त पार्न चाहन्छु ।” उनले आफू सँग खेलकूद विकासका लागि ५ वटा योजनाहरु रहेको बताउँदै उनले २–४ दिन भित्रै ति योजनाहरु प्राथमिकताका साथ अघि बढाउने बताए । धेरै खेलाडीहरु अहिले पनि डाइटको अभावमा मैदान उत्रिनु परेकोले परिणाममुखी नतिजा प्राप्त हुन नसकेको बताउँदै चिकित्सक सँग सल्लाह गरेर खेलाडीहरुको न्यूट्रिसियनका बारेमा समेत पहल गरिने बताए ।

मन्त्री गुरुङले यूवाहरुलाई खेलकूदमा जोड्ने हो भने उनीहरुको भविष्य शुनिस्चित हुने वातावरण बनाउन आवश्यक रहेको धारणा अघि सार्दै त्यसैको निराकरणका लागि आफू मन्त्री बनेको दावी गरे । उनले भने–“गण्डकी प्रदेशमा धेरै सरकारी स्वामित्वका जग्गा वाँझो छन, ति जग्गामा एकिकृत खेती सँगै जडीवुटी र फलफुलका खेतीतर्फ यूवाहरुलाई समाहित गराउन पर्छ,” उनले थपे–“यो कुनै ठूलो कुरै होइन यो सोचमा भर पर्छ, हामी कृषी मन्त्रालय सँग मिलेर त्यो काम अघि वढाउन सक्छौं ।” आफू राजनितीक सँगै व्यवसायी पनि भएकोले उत्पादनलाई कसरी बजार सम्म पुर्याउने र कसरी नाफा कमाउने भन्ने कुरा थाहा भएको प्रष्ट पारे ।

यूवा तथा खेलकूद मन्त्रालयको बजेटलाई सहि रुपमा परिचालित गर्दै यूवा लाई विदेश जानबाट रोक्न कार्यक्रमहरु तय गरिने बताए । “यूवालाई खाली विदेश न……जा न….. जा….जान हुन्न भनेर रोक्ने ? मुखले वोलेर मात्रै हुन्छ ? उनले प्रश्न तेस्र्याउँदै भने–“खाली गफ गरेर मात्रै हुँदैन काम पनि गर्नु पर्छ, म काम गर्न आएको हो म सवै मन्त्रालय र मन्त्रीज्यूहरु सँग मिलेर आफ्ना कामलाई अघि वढाउँछु ।”
यस अघि मन्त्रालयमा सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बहादुर कुँवर, गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए ।
