सहारा एकेडेमी अक्षयकोषका लागि यूकेबाट खडकाको सहयोग

पोखरा स्पोर्टस । सहारा क्लव पोखराद्वारा सञ्चालित सहारा एकेडेमीको अक्षयकोषका लागि यूकेबाट सुनिल बाबु खडकाले सहयोग गरेका छन ।

गैर आवाशिय नेपाली संघ (यूके)का उपाध्यक्ष समेत रहेका समाजसेवी खडकाले अक्षयकोषका लागि नगद ५० हजार सहयोग गरेका हुन । यूकेमा सफल रेष्टुरेन्ट व्यवासायीको रुपमा परिचित उनी चितवनका स्थायी वासिन्दा समेत हुन ।

विभिन्न सामजिक कृयाकलापमा सक्रिय सहभागिता रहेको उपाध्यक्ष खडकाले चितवनमा सर्पोट नेपालको सहकार्यमा क्रिकेट बिकासका लागि कार्य गर्ने बताएका छन । सहारा यूकेका संस्थापक नविन गुरुङका अनुसार चितवनमा खडकाले विपन्न वर्गका लागि भविष्यमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने योजना बनाएको पोखरा स्पोर्टसलाई बताए । संस्थापक अध्यक्ष गुरुङले खडकाको प्रशंसा गर्दै भने–“उनी सफल व्यवसायी मात्रै होइनन, उनले समाज सेवा सँगै खेलकूदको बिकासका लागि अघि बढ्ने सोच बनाएका छन, यो नेपालको क्रिकेट र खेलकूद बिकासका लागि सुखद कुरा हो ।”

यस सँगै उपाध्यक्ष खडकाले यूकेमा विभिन्न ‘च्यारिटी’ का कार्यक्रमहरुमा समेत आफूलाई अग्रपंक्तीमा राख्दै आएका छन । सहारा क्लवले सञ्चालन गरेको एकेडेमीका लागि आफूले सानो सहयोग गर्न पाउँदा निकै गौरव लागेको बताउने खडकाले सहाराले फुटबल खेलको विकास र समाजसेवा पुर्याएको योगदानको समेत प्रशंसा गरे । उनले भने–“सहाराले विपन्न वर्गका बालकहरुलाई फुटबल सँगै शिक्षा दिएको छ, सहारा एकेडेमीमा आफूले सहयोग गर्न पाउनु गौरव ठान्दछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close