पोखरामा पावर लिफ्टिङका खेलाडी सम्मानित

पोखरा स्पोर्टस् । रानीपौवा स्पोर्टस सेन्टरद्वारा नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।

बुधवार एक कार्यक्रम बिच पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ, सरस्वती गुरूङ, सन्तोष गुरूङ, सर्मिला साहलाई सम्मान पत्र र खादा सहित सम्मान गरेको हो ।

रानीपौवा स्पोर्टस सेन्टरले विगत केहि वर्ष देखि शारिरिक सुगठन र पावर लिफ्टिङका खेलाडी उत्पादन गरि प्रतियोगितामा पठाइरहेको छ ।’ कोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा खेलाडीले मेडल ल्याउदा निकै खुसी लागेको छ’, स्पोर्टस सेन्टरका संचालक जितेश प्रधानले भने,’ यस्तो बेला सहभागिता जनाउनु महत्वपूर्ण थियो तर उनीहरुले मेडल नै जितेर आए । यो हामी पोखरेलीले गर्व गर्नु पर्ने कुरा हो ।’

गत साता काठमाडौंमा आयोजित रूप कार्की मेमोरियल प्रथम नेपाल स्ट्रोङ्गेस्ट नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपमा पोखराका टेकेन्द्र गुरूङ र राजकुमार घोजुले स्वर्ण जितेका थिए । देशभरबाट विभिन्न तौल समूहमा गरेर १ सय २० जना खेलाडी प्रतियोगितामा सहभागी थिए ।

च्याम्पियनसिपमा गुरूङले ४० वर्षमाथि र घोजुले ५० वर्षमाथिको स्पर्धामा स्वर्ण जितेका थिए । टेकेन्द्रले स्क्वाइटमा २ सय ५ केजी, बेन्च प्रेसमा १ सय ४० केजी र डेटलिफ्टमा २ सय १५ केजी गरी ५ सय ६० केजी वजन उचालेका थिए ।

राजकुमारले स्क्वाइटमा १ सय ८७ केजी, बेन्च प्रेसमा १ सय १० केजी र डेटलिफ्टमा १ सय ९० केजी गरी ४ सय ८७ केजी वजन उचालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close