गण्डकी प्रदेश खेलकूद परिषद सदस्यहरुमा को को परे ? यस्तो छ जिल्ला खेलकूद अध्यक्ष र सचिवहरुको नामावली

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश खेलकूद परिषद लाई पूर्णता दिए सँगै परिषदको उपाध्यक्षमा नारायण पुन मनोनित भएका छन ।

प्रदेश सरकारबाट परिषदमा मनोनित परिषद सदस्यमा गिरमान गुरुङ, बासु बराल, दिल बहादुर गुरुङ, राम चन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापा मगर, शुभकन्या गुरुङ, चन्द्रा घले गुरुङ, ज्ञान बहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, बसन्त दवाडी, ऋषी गौतम, निर्मला बराल र केशव पाठक रहेका छन ।

त्यसैगरी कास्की जिल्ला खेलकूद विकास समितीको अध्यक्षमा तोरण बहादुर बानियाँ मनोनित भएका छन भने उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भिम पराजुली, कोषाध्यक्षमा कन्चन थापा (कोइराला)लाई मनोनयन गरिएको छ । स्याङजा जिल्लाको अध्यक्षमा गिरी प्रसाद गुरुङ र सचिवमा शितल जङ्ग केसी मनोनयन भएका छन ।

तनहुँ जिल्लाको अध्यक्षमा अनिल पाण्डे र सचिवमा तुल्सीराम पाण्डे, लमजुङ जिल्लाको अध्यक्षमा योग बहादुर गुरुङ र सचिवमा रोजी गुरुङ, नवलपुर जिल्लाको अध्यक्षमा सेत बहादुर पुन र सचिवमा ध्रुव खनाल, मनाङ जिल्लाको अध्यक्षमा चिन बहादुर घले र सचिवमा नवराज गुरुङ रहेका छन ।

त्यसै गरी गोरखा जिल्लाको अध्यक्षमा शान्ता सिंह बस्नेत र सचिवमा हिरालाल श्रेष्ठ, मुस्ताङ जिल्लाको अध्यक्षमा मिन कुमार शेरचन र सचिवमा विनोद वि.सी, म्याग्दी जिल्लाको अध्यक्षमा दिनेश खत्री र सचिवमा तारामान रोक्का, पर्वत जिल्लाको अध्यक्षमा हर्कमान गुरुङ र सचिवमा अदित गुरुङ र बागलुङ जिल्लाको अध्यक्षमा कुमार खडका र उपाध्यक्षमा लोकेन्द्र केसी मनोनित भएका छन ।

मनोनित परिषद सदस्य तथा जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको ४ वर्षको कार्यकाल रहेको छ ।

2 Comments

  1. Congratulations to all.
    आशा छ यो टिमले खेलकुदमा अझै धेरै योगदान पुरयाउने छ भनेर ।
    Thanks .

  2. आशा छ यो टिमले खेलकुदमा अझै धेरै योगदान पुरयाउने छ भनेर ।
    Thanks .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close