पोखरामा अन्तरविद्यालय छात्र/छात्रा खो–खो प्रतियोगिता हुदै, तयारी पुरा

पोखरा स्पोर्ट्स । पोखरामा प्रथम अन्तरविद्यालय छात्र/छात्रा खो–खो प्रतियोगिता हुने भएको छ ।

कास्की जिल्ला खोखो संघको आयोजनामा उक्त प्रतियोगिता यहि भदौ १३ र १४ गते पोखरा रंगशालामा सञ्चालन हुन लागेको हो । प्रतियोगितालाई टाइम्स एजुकेशनलले मुख्य प्रायोजन तथा प्राविधिक सहयोग गण्डकी प्रदेश खोखो संघले गर्ने भएको छ ।

प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ १२ गरी कुल २६ टिमको सहभागिता हुने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय खो–खो महासंघको नियमनुसार सञ्चालन हुने प्रतियोगितामा छात्र/छात्रा दुबैतर्फ बिजेता टिमले नगद १०–१० हजार, दोस्रोले ७–७ हजार तथा तेस्रो हुने टिमले ४–४ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न लक्ष्मण कार्कीको संयोजकत्वमा ६ सदस्यिय समिति गठन गरिएको छ । जसमा प्राविधिकमा विशाल गुरूङ, स्वयंसेवकमा रेवन अधिकारी, सचिवालयमा सुरज मोहन पोखरेल, पुरस्कार तथा समारोहमा खोखो संघका अध्यक्ष विशाल जंग कुंवर, अर्थ संकलन समितिको संयोजकमा सञ्जय पौडेल र स्वास्थ्यतर्फ अर्जुन पौडेल संयोजक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close