पोखरा एसआरए कप स्क्वास : हिराकाजी र अर्जुन बने च्याम्पियन

पोखरा स्पोर्टस । पोखरामा जारी ‘प्रथम एसआरए कप स्क्वास प्रतियोगिता’मा हिराकाजी श्रेष्ठ र अर्जुन गाहा मगर च्याम्पियन बनेका छन ।

कास्की जिल्ला स्क्वास र्याकेटस् संघद्वारा आयोजित दुई छुट्टा–छुट्टै इभेन्टको फाइनल प्रतिष्पर्धामा हिराकाजी र अर्जुन च्याम्पियन भएका हुन । हिराकाजी सुमह ‘ए’को सिनियरतर्फ र अर्जुन समुह ‘बि’को विगिनर्सतर्फ च्याम्पियन भएका छन ।

तिन दिन देखि जारी प्रतियोगिताको समुह ए सिनियरतर्फ हिराकाजीले प्रतिष्पर्धात्मक खेलमा संघका सचिब समेत रहेका प्रविन पालिखेलाई ३–० को सोझो सेटमा पराजित गर्दै पालिखेलाई उपविजेतामा सिमित गरे । यता अर्जुनले समुह बि बिगिनर्स तर्फ धर्मराज सुवेदीलाई ३–२ को सेटमा पराजित गरेका थिए । अर्जुन पेशाले पत्रकार समेत हुन ।

प्रतियोगितामा सिनिएर ए तर्फ प्रकाश केसी र अशोक रञ्जित तेश्रो बन्न सफल भए भने समुह वि तर्फ शंकर भण्डारी र विष्णु हरि भुगाई तेश्रो भएका छन । प्रतियोगितामा पुरुषतर्फ प्रकाश केसी अनुशासित खेलाडीको उपाधि समेत जितेका छन ।

यता महिलातर्फ करिष्मा ओली शालिनी घिमिरेलाई पराजित गर्दै च्याम्पियन भइन भने डा. मोनी सुवेदी र कृष्णा श्रेष्ठ तेश्रो भएका छन ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, राष्ट्रिय खेलकूद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, अन्नपूर्ण गाउँ पालिकका अध्यक्ष यूवराज कुँवरले कप, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री गुरुङले प्रदेश सरकारले गण्डकी प्रदेशमा स्क्वास खेलको विकासका लागि सहयोग गर्न बताए । उनले भने–“यदि संघले कुनै पनि राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्छ भने सरकार सहयोग गर्न तयार छ ।”

प्रतियोगितामा पुरुषतर्फ ३१ र महिलातर्फ ७ जना गरी कुल ३८ जना खेलाडी सहभागिता रहेको प्रतियोगिताका संयोजक सन्तोष घिमिरेले पोखरा स्पोर्टसलाई बताए ।

संघका अध्यक्ष पुष्पराज श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रतियोगिताका संयोजक घिमिरे, सचिव प्रविन पालिखे लगायतले प्रतियोगिताले कास्कीमा स्क्वास खेलको जगलाई बलियो बनाउन सहयोग पुग्ने बताए ।

पोखरा रंगशालामा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको स्क्वास हलमा ३ छुट्टा–छुट्टा कोर्टहरु भए पनि आर्थिक अभावमा निर्माण शुरु भएको २ वर्ष नाघी सक्दा पनि अझै पूर्णता पाउन सकेको भने छैन । गण्डकी प्रदेश सरकारले गत आर्थिकवर्षमा एउटा कोर्टको निर्माण लगायत शौचालयको निर्माणका लागि ५० लाख उपलव्ध गराएको थियो भने अन्य पूर्वाधारको निर्माण भने विभिन्न खेलप्रेमी तथा निजी क्षेत्रको सहयोगमा निर्माण गरिएको हो ।

पोखरा रंगशालाको निर्माण गर्न वाँकी दुई कोर्ट मध्ये एउटा कोर्टको यहि आर्थिक वर्षमा निर्माण सम्पन्न गरिने संघका सचिव तथा केन्द्रिय सदस्य समेत रहेका पालिखेले जनाएका छन । उक्त कोर्टको निर्माण पछि पोखरामा राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना गरिने तयारी समेत गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close