एनओसीद्वारा जेष्ठ नागरिकलाई ह्विल चियर र औषधी

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जेष्ठ नागरिकहरुलाई ह्विल चियर र स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

एनओसी अन्तर्गतको स्पोर्टस एण्ड एनभाइरोन्मेन्ट कमिसनले आयोजना गरेको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई ति सामाग्री प्रदान गरिएको हो । “निसहाय सेवा सदन”मा सदनमा रहेका जेष्ठ नागरिकहरुलाई एक महिनालाई आवश्यक पर्ने औषधी, हिवल चेयर र मास्क वितरण गरेको एनओसीले जनाएको छ ।

एनओसीका अध्यक्ष एवम प्रतिनिधी सभाका सांसद जिवनराम श्रेष्ठले निसहाय सेवा सदनका कोषाध्यक्ष शंकर प्रसाद गजुरेललाई एक कार्यक्रमका विच ति सामाग्री हस्तान्तरण गर्दै आगामी दिनमा समेत यस प्रकारका सेवाहरुलाई निरन्तरता दिने उल्लेख गरे ।

सो अवसरमा स्पोर्टस एण्ड एनभाइरोन्मेन्ट कमिसनका गोवर्धन श्रेष्ठले नव वर्ष २०७८ को शुभकामना दिंदै आगामी दिनहरुमा अन्य उपलब्धीमूलक कार्यक्रमहरुका साथ अघि बढ्ने बताए । वितरण गरिएका औषधी र ह्विल चेयर कमिसनका सदस्य प्रदीप कुमार राजभण्डारी र डा.सञ्जय विक्रम श्रेष्ठले सहयोग गरेका थिए ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एंव कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य तथा स्पोर्टस एण्ड एनभाइरोन्मेन्ट कमिसनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close