
पोखरा स्पोर्टस । पोखरामा जारी प्रथम एसआरए कप स्क्वास अन्तर्गत महिलातर्फको खेलमा करिष्मा ओली च्याम्पियन बनेकी छन ।


कास्की जिल्ला स्क्वास र्याकेट संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा करिष्माले शालिने घिमिरेलाई २–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेकी हुन । यता पुरुषतर्फको खेलहरु भने जारी रहेको संघका सचिब प्रविन पालिखेले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन ।
पोखरामा आज अचानक विग्रीएको मौसमका कारण खेल समेत प्रभावित भएको बताउँदै सचिव पालिखेले आज हुने भनिएका केही खेलहरु रद्ध हुन पुगेको बताए ।
आज सम्पन्न समुह ‘बि’ तर्फको खेलमा अर्जुन गाहाले संघर्षपूर्ण सेमीफाइनल खेलमा विष्णु हरि भुगाईलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका छन ।
सुमह बि अन्तर्गत नै शंकर भण्डारीले चिन्तामणी अधिकारीलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका छन भने धर्म सुवेदीले कमल बस्नेतलाई ३–० ले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेका छन । पोम नारायण श्रेष्ठले वाक ओभर दिए पछि शिव अधिकारी सोझै क्वाटरफाइनलमा पुगेका छन । शिवले अव क्वाटरफाइनलमा शंकर भण्डारी सँग खेल्नेछन । यस्तै धर्मराज सुवेदीले कमल वस्नेतलाई ३–० ले जितेर सेमीफाइनमा पुगेका छन ।
आजै सम्पन्न समुह ‘ए’तर्फको खेलमा प्रविन पालिखेले प्रतियोगिताका दावेदार मानिएका रक्षे लामालाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेका छन भने दिपक तिमिल्सिनाले वाक ओभर दिए पछि सन्तोष घिमिरे क्वाटरफाइनलमा प्रवेश गरेका छन । सन्तोषले हिराकाजी श्रेष्ठ सँग क्वाटफाइनलमा भिड्ने छन । हिराकाजीले आजै भएको एक खेलमा सम्पन्न श्रेष्ठलाई पराजित गरेका थिए ।
आज खेल्न बाँकी रहेका क्वाटरफाइनल, सेमीफाइनल र फाइनलका खेलहरु शुक्रबार सञ्चालन हुने सचिव पालिखेले जनाएका छन । पोखरामा पछिल्लो समय यता स्क्वास खेलप्रती आकर्षण वढ्दै गएको र यो प्रतियोगिताले नवौं राष्ट्रिय खेलकूदका लागि समेत सहयोगी हुने बताए । उनले पोखरामा केही समय पछि राष्ट्रिय प्रतियोगिताको आयोजनाको तयारी भइरहेको समेत जानकारी दिए ।
