
पोखरा स्पोर्टस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक अपिल जारी गर्दै १४ जिल्लामा खेलकूद लगायतका गतिविधी नर्गन भनेको छ ।

कोभिड १९ को दोश्रो लहर वढिरहेकै बेला मन्त्रालयले अपिल जारी गर्दै नेपालका विभिन्न १४ जिल्लामा कुनै पनि खेलकूद गतिवधि सञ्चालन नर्गन भनेको हो । पछिल्लो केही दिन यता कोभिड १९ सक्रमण दर वढिरहेका अति प्रभावित मानिएको जिल्ला कास्की सहित गण्डकी प्रदेशको बागलुङ, काठमाडौ, भक्तपुर, ललितपुर, रुपन्देही, वाँके, पर्सा, चितवन, भक्तपुर, कैलाली, दाङ, मोरङ, सुर्खेत र वारामा कुनै पनि खेलकूद गतिविधी सञ्चालन नर्गन अपिल गरिएको छ ।
खेलकूद गतिविधी सँगै क्लव, जिम, हेल्थ क्लव, स्विमिङ पुल, जात्रा, भेला, सभा, समारोह, सार्वजनिक कार्यक्रम नर्गन लगायत अन्य स्थानमा भिडभाड कम गर्न र कुनै पनि गतिविधी सञ्चालन नर्गन भनिएको छ ।
स्वास्थ्य मन्त्रालयको यो अपिल पछि केही महिना यता तङ्ग्रिन थालेको खेलकूदमा निरासा छाउने देखिएको छ भने घोषणा भएका खेलकूद कार्यक्रमहरु समेत अब के हुने भन्ने बारे अन्यौलता छाउने भएको छ ।
