मञ्चद्वारा यूकेको टोलीलाई स्वागत, एआरएनए यूकेको १ लाख सहयोग (फोटो फिचर)

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले यूकेबाट आएको एक टोलीलाई पोखरामा स्वागत गरेको छ ।

पोखरामा आयोजना भइरहेका विभिन्न खेलकूद गतिविधि लगायत सामाजिक अभियानको काममा पोखरा आएको टोलीलाई मञ्चले स्वागत गरेको हो । सो अवसरमा पोखरा म्याराथनको १५ औं सस्करणका लागि गैर आवाशिय नेपाली संघ (एन.आर.एन.ए) यूकेकी अध्यक्ष पुनम गुरुङ मार्फत प्राप्त १ लाख रुपैया संस्थाका प्रमुख संरक्षक मेजर डम्वर गुरुङ ‘एमभिओ’ले मञ्चका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका छन ।

सो अवसरमा वोल्दै मञ्चका अध्यक्ष गुरुङले एन.आर.एन. ए यूकेको सहयोगले पोखरा म्याराथन सफल बनाउन उर्जा थपेको बताए । उनले सहयोगका लागि मञ्चको तर्फबाट आभार व्यक्त गर्दै विदेशमा रहेका परिवारले आफ्ना सन्ततीलाई खेल संस्कृतीतर्फ उन्मुख बनाउनु पर्नेमा जोड दिंदै भने–“पोखरा म्याराथन कुनै संस्था वा व्यक्तीमा मात्रै सिमित नराखी यसलाई परिवार सँग जोडन आवश्यक छ जसले समाजमा खेल संस्कृतीको विकासमा सहयोग पुग्नेछ ।”

कार्यक्रममा बोल्दै एन.आर.एन.ए यूकेका प्रमुख संरक्षक मेजर घलेले पोखरा म्याराथन अव नेपालमा मात्रै सिमित नभई अन्तर्राष्ट्रियस्तरमा नै पहिचान बनाउन सफल भएको बताए । उनले नेपालकै जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनको आफ्नै विशिष्टता रहेको बताउँदै भने–“पोखरा म्याराथनलाई पोखरा र नेपाललाई मात्रै विश्वमा परिचय गराएको छैन यसको महत्व अझै वढ्दै गएको छ ।”

पोखरेली मञ्च यूके तथा तमु धिं यूकेका कोषाध्यक्ष समेत रहेका कमल गुरुङले पोखरामा हुने खेलकूद गतिविधिले विश्वमा छरिएर रहेका सवै नेपालीहरुलाई जोड्न सहयोग पुर्याएको मात्र नभई पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु सँग भेट गर्ने राम्रो अवसर जुराएको बताए ।

स्वागत कार्यक्रममा वगरभाई खलक यूकेका अध्यक्ष चन्द्रमान गुरुङ, एनआरएन यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, पोखरा म्याराथनका सहयोगी दिलरास गुरुङ, लालकाजी गुरुङ, भोज बहादुर घले, मञ्चका सल्लाहाकार जगन गुरुङ, संस्थापक अध्यक्ष खड्ग रानाभाट, प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुली, द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङ, महासचिब खेम गुरुङ, सचिव कृष्ण तिमिल्सिना लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close