
पोखरा स्पोर्टस । आहा रारामा सहभागी हुन आएको पाहुना टोली अफ्रिकन रुट्स एशोसियसनका खेलाडीहरु राता रात होटलबाट गायब भएका छन ।
सहारा क्लव पोखराको निम्तोमा क्यामरुनबाट पोखरा आएको अफ्रिकन रुट्सका खेलाडीहरु राता रात होटलबाट गायब भए पछि सहारा क्लव समेत अचम्भमा परेको हो । सहारामा उपाधि नजिक पुगेको टोली नै होटलबाट एक्कासी गायव भएपछि सहारा समेत अचम्भमा परेको थियो ।
कुरा के भने अफ्रिकन रुट्स आहा रारामा सहभागीताकै क्रममा सर्लाहीमा जारी एक फुटबल प्रतियोगितामा सहभागी हुन पुग्यो । सर्लाहीमा भएको उक्त प्रतियोगितामा एक खेल जित्दै अफ्रिकन रुट्सले सेमीफाइनलको यात्रा तय गर्यो । आहा रारा फाइनल खेलको एक दिनको ग्यापमा सर्लाहीमा शुक्रबार हुने सेमीफाइनल खेल्न चाहन्थ्यो अफ्रिकन रुट्स ।
सोही अनुसारको योजनामा बिहिबार पुलिससंग सेमीफाइनल जितेर सर्लाही हिड्ने तरखर गर्दै थियो । तर सहाराले आफ्नो जिम्मामा नेपाल आएको टिमलाई सर्लाही जान रोक्यो । होटल सञ्चाललाई समेत टोलीको निगरानी गर्न भनियो । होटल सञ्चलाकलाई चक्मा दिंदै अफ्रिकन रुट्सको ११ सदस्यिय टोली होटलबाट भागेर रातारात सर्लाही हिड्यो । यो कुरा होटल सञ्चालकले समेत चाल पाएन भने रातीको समय भएर सहारालाई समेत थाहा हुने कुरै भएन ।
अफ्रिकन रुट्सको गतिविधी त्यती बेला सहाराले थाहा पायो जव सर्लाहीको खेल सामाजिक सञ्जालमा लाइभ भयो । यो देखेर सहारा समेत अचम्भमा पर्यो । सोध खोज भयो । सहारा टोली होटल पुग्यो । होटलमा ९ जना खेलाडी थिए । २० सदस्यिय टोलीमा ११ जना रातारात सर्लाही पुगिसकेका थिए । तर अफ्रिकन टोली सर्लाहीमा शुक्रबार भएको खेलमा पराजय बेहोरेको छ ।
Aha Rara Advt

