
पोखरा स्पोर्टस । नेपाल तेक्वान्दो संघले आगामी फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक तथा पारा ओलम्पिक गेम्सका लागि खेलाडी छनोट सम्पन्न गरेको छ ।
विश्व तेक्वान्दो महासंघ (डब्लु.टी) को कार्यक्रम अनुसार सन् २०२४ मार्च १५ देखि १७ तारिखसम्म मित्रराष्ट्र चीनको ताईयाङ शहरमा आयोजना हुने एसियाली छनौट प्रतियोगितामा सहभागी हुन नेपालको तेक्वान्दो खेलाडीहरुको छनौट प्रतियोगिता सम्पन्न गरेको हो ।
तेक्वान्दो ग्येरोगी विधातर्फ महिला ४९ केजीमुनि नेपाल प्रहरीकी अन्जली तामाङ्ग, महिला ६७ केजीमुनि नेपाल प्रहरीकी इन्दिरा बस्नेत, पुरुष ५८ केजीमुनि नेपाली सेनाका राहुल कुमाल र पुरुष ६८ केजीमुनि नेपाल प्रहरीका विरबहादुर महरा छनौट भएका छन् ।
छनोटमा ३८ खेलाडी सहभागी थिए ।
त्यस्तै, पारा तेक्वान्दोतर्फ (के.४४) क्याटेगोरी अनुसार पारा महिला ५७ केजीमुनि पलेशा गोवर्धन, पुरुष ६३ केजीमुनि भरतसिंह महता र पुरुष ५८ केजीमा अमीर भ्लोन छनौट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।
