
पोखरा स्पोर्टस । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा विभागिय टोली नेपाल पुलिस क्लवले रुस्लान थ्रि स्टार क्लव विरुद्ध सहज जित दर्ता गरेको छ ।

मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पुलिसले थ्रि स्टार विरुद्ध ४–० गोलले फराकिलो जित निकालेको हो । जितसँगै पुलिस क्लव प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने यता आहा रारा गोल्डकपको इतिहासमा ५ पटक विजेता बनेको थ्रि स्टार पहिलो खेलबाटै बाहिरिएको छ ।
खेलमा पुलिसको तर्फबाट बुद्धबल तामाङले २ गोल गरे भने तेज तामाङ र सुमन लामाले १–१ गोलको योगदान दिए । पुलिसले सेमिफाइनलमा प्रतियोगिताको एक मात्र विदेशी टिम अफ्रिकन रुट एसोसियसनसँग प्रतिष्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत बुधबार संकटा क्लव र विभागिय टोली एपिएफ पहिलो सेमिफाइनलको खेल हुने छ । प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टीमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । तस्विरः राम गुरुङ
Aha Rara Advt

