आरबिबि भलिवल : हेल्प नेपाल शिर्षमा एथावत

पोखरा स्पोर्टस । टिपटप हेल्प नेपाल पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा पुरुष तर्फ शिर्ष स्थानमा एथावत रहेको छ । हेल्प नेपाल ४ खेलमा चारै खेल जित्दै १२ अंकका साथ शिर्ष स्थानमा रहेको हो ।

आज सम्पन्न खेलमा हेल्प नेपालले पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । हेल्पले पुलिसलाई २५–२२, २५–१६, २५–२० अंकले पराजित गरेको हो । अर्को खेलमा विभागिय टोली सेनाको टिएसीले अर्को विभागिय टोली एपिएफलाई २५–१५, २५–१८, २८–२६ ले पराजित गर्दै आफ्नो अंक तालिकामा एपिएफ संगको अंक बराबर गरेको छ । एपिएफ र टिएसीको अंक समान ९ रहेको छ ।

यस्तै ४ खेलबाट नेपाल पुलिसको ६ अंक र बुलबुलेको पनि ४ खेलबाट समान ६ अंक रहेको छ । मणिमुकुन्द र नयाँबजारले कुनै अंक जोडेका छैनन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनामा भएको प्रतियोगिताको महिला तर्फको खेलमा सेनाको टिएसी र नेपाल पुलिस समान ८ अंकका साथ शिर्षमा रहेका छन् । टिएसीले आज भएको प्रतिस्पर्धामा अर्को विभागिय टोली एपिएफ संग पराजित भएता पनि अंकका आधारमा शिर्षमा रहेको हो । एपिएफले सेनालाई १९–२५, २५–१०, २५–१७, २५–२२ ले पराजित गरेको हो ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close