
पोखरा स्पोर्टस । आशिष लामा नायक हुँदा शसस्त्र प्रहरी बलको एपिएफ क्लव १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।


पोखरा रंगशालामा शनिबार भएको उद्घाटन खेलमा एपिएफले आशिष लामाको निर्णायक एक गोलको मद्धतले आयोजक सहारा क्लवलाई १—० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको हो ।
एपिएफको जितमा म्यान–अफ–दी म्याच घोषित आशिष लामाले खेलको ८७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । प्रदिप लामाले निकालेको क्रस बललाई आशिषले करिब १८ यार्ड नजिकबाट बललाई पोष्टमा दिशा दिएका थिए । विभागिय टोली एपिएफको दबाबमा परेको सहारा क्लवले एक जना विदेशी खेलाडी एड्मा डुम्बीया डिडिलाई मैदानमा उतारे पनि पाएका केही अबसर सदुपयोग गर्न नसक्दा यसपाली क्वाटरफाइनलबाटै यात्रा टुङगाउनु परेको छ ।
सहाराका प्रशिक्षक बिष्णु गुरुङले खेलाडीहरु घाइते भएको हुँदा र आफुहरु आक्रामक खेल खेल्न नसकेको हुदा पराजित हुनु परेको बताए । उनले आफ्नो रणनिती अनुसार खेल नहुदा हार व्यहोर्नु परेको बताए । एपिएफका प्रशिक्षक सुदिप श्रेष्ठले आफ्नो योजना परिवर्तन गरेसंगै खेलको अन्तिम समयमा नतिजा आफ्ुनो पोल्टामा पार्न सफल भएको बताए । सहाराको एक जना अग्लो कदको विदेशी खेलाडी हुँदा आफ्ना खेलाडीहरुको मनोबल केही कमजोर भएको हुँदा पनि जित निकाल्न समय लागेको उनले जनाए ।
भोलि (आइतबार)मछिन्द्र क्लव र अफ्रिकन रुट एशोसियसन, डाउला क्यामरुन बिच दोश्रो क्वाटरफाइन खेल हुने भएको क्लबले जनाएको छ ।
यही चैत २८ गतेसम्म संचालन हुने उत्त प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिलवालले पोखरा रंगशालामा अब २० हजार दर्शक क्षमताको फुटवल प्यारापिट सहित रातिको समयमा समेत फुटबल खेल्न मिल्ने गरी फ्लड् लाइट जडान गर्ने बताए । नेपालमा हाल २० वटा भन्दा बढी फुटवल प्रतियोगिताहरु संचालन भएकोले अब ५ वटा फुटबल प्रतियोगिता गोल्ड कपको रुपमा विकास र विस्तार गर्नुपर्ने उनको भनाई थियो ।
राखेप सदस्य राजेश कुमार गुरुङले आगामी बर्ष पोखरा सहित गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलको लागि पौडी पोखरी, सुटिङ सहितको भौतिक पूर्वाधार निर्माण गर्नु पर्ने बताए ।
हिमश्री फुड्स प्रा.लि.का निर्देशक प्रकाश केसीले आहा रारा गोल्ड कपलाई आवश्यक सहयोग निरन्तर गर्ने बताए । कोरोनाबाट बच्न र बचाउन आवश्यक स्वास्थ्य मापदण्ड पालना गराउदै उक्त प्रतियोतियोगता संचालन गरिएको सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए ।
Aha rara Advt

