खेलकुद मन्त्री लामालाई हाप्किडो संघद्वारा बधाइ तथा स्वागत

पोखरा स्पोर्टस । नेपाल मार्सल आर्ट हाप्किडो संघ गण्डकी प्रदेश पोखराले युवा तथा खेलकुद मन्त्री दावा लामालाई स्वागत तथा बधाइ ज्ञापन गरेको छ । खेलकुद कार्यक्रमका लागि पोखरा आइपुगेका मन्त्री लामालाई हाप्किडो संघले बधाई सहित स्वागत गरेको हो ।

उक्त अवसरमा वोल्दै मन्त्री लामाले पर्यटकीय शहर पोखरा पर्यटन संगै खेलकुदको शहर बन्ने वताएका छन । पोखरामा रंगशाला निर्माण भइरहदा यहां पछिल्लो समय विभिन्न खेलकुदका गतिविधीहरु समेत वढ्दै गइरहेकालेपनि पोखरा खेलकुदको राजधानी हुनेमा आफु ढुक्क रहेको वताए ।

पछिल्लो समय नेपालमा भित्रिएको मार्सल आर्ट हाप्किडो खेल प्रदेश र जिल्ला तहमा पनि पुगेकाले यसले पनि खेलकुदको गतिविधी स्थानिय तह सम्म पुगेको आभाष भएको वताउदै आगामी दिनमा खेलकुद क्षेत्रमा सरकारले समेत सहयोग गर्ने वताए ।

खेलकुदमन्त्री वनेपछि पहिलोपटक पोखरा आइपुगेका मन्त्री लामालाई स्वागत गर्दै हाप्किडो संघका प्रदेशका अध्यक्ष एम बी आस्था मगरले सवै खेललाई मन्त्रालयले समान ब्यवहार गर्नुपर्ने तर्फ मन्त्री लामालाई ध्यानाकर्षण गराएका थिए । सो अवसरमा वोल्दै संघका उपाध्यक्ष तारामाया थापा मगरले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा हाप्किडो खेललाई पनि समावेश गर्नुपर्ने वताइन ।

Aha Rara advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close