लिग भलिबल : नेपाल प्रहरीको जित

पोखरा स्पोर्टस । नेपाल प्रहरीले पाँचौं आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको महिलातर्फ शनिबार जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा प्रहरीले एपीएफलाई २०–२५, २८–३०, २५–२३, २५–१९ र १५–११ को सेटमा पराजित ग¥यो । महिलामै नेपाली सेनाले ढोरपाटनलाई २५–१२, २५–० र २५–५ तथा न्यु डायमन्डले भरतपुर मेट्रोलाई २५–१२, २५–७ र २५–१७ को सोझो सेटमा हरायो ।

पुरुषमा एपीएफले नयाँ बजार सामाजिक युवा क्लबमाथि २५–१२, २५–१६ र २५–१६ को सीधा सेटमा पन्छायो ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close