
पोखरा स्पोर्टस । पोखरा रंगशालामा बजेटका अभावका कारण काम रोकिएका पूर्वाधारका लागि आवश्यक बजेट निकासा छिट्टै हुने यूवा तथा खेलकूद मन्त्री दावा तामाङले बताएका छन ।
पोखरा रंगशाला अवलोकन पछि मन्त्री तामाङ भन्छन-
पोखरा रंगशालाको अवलोकन भ्रमण पछी पोखरा स्पोर्टस संग कुरा गर्दै मन्त्री तामाङले उक्त कुरा बताएका हुन । उनले पोखरामा हुने नवौं राष्ट्रिय खेलकूदको तयारीका लागि पनि पूर्वाधारहरुको काम यथासिघ्र सक्नुपर्ने अवस्था रहेको बताउँदै भने–“पोखरा रंगशालामा निर्माणको तयारी भइरहेको स्विमिङ पूल र शुटिङको लागि समेत आगामी बजेटमा व्यवस्था हुने गरी ब्यवस्था हुनेछ ।”

पोखरामा आयोजना भएको दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उद्घाटनका लागि पोखरा आएका मन्त्री तामाङले पोखरा रंगशालाको धेरै पूर्वाधार वनिसकेको भए पनि पूर्णता भने पाइनसकेको बताए । राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल सहित पोखरा रंगशालाको अवलोकन पछि मन्त्री तामाङले भने–“पोखराको पूर्वाधारहरु निर्माण सम्पन्न गर्न यूवा तथा खेलकूद मन्त्रालय गम्भिर रुपले अघि वढ्ने छ ।”
नेपाली खेलकूद कोभिड १९ पछि विस्तारै गति लिइरहेको बताउँदै मन्त्री तामाङले भावी योजना बनाएर खेलकूद गतिविधीलाई तिव्रता दिने सोच मन्त्रालयको रहेको बताए ।
मन्त्री तामाङले भ्रमणका क्रममा ओलम्पिकको तयारीमा रहेका आर्चरीका खेलाडी तथा प्रशिक्षकहरु सँग भेट गरी शुभकामना व्यक्त गरेका थिए । उनले पोखरा रंगशलााको फुटबल स्टेडियम, क्रिकेट खेल मैदान, ह्याण्डबल खेल मैदान, सेमी कभर्ड हल, आर्चरी, टेनिस लगायतका पूर्वाधारहरुको अवलोकन गरेका थिए ।
Aha Rara Advt

