राष्ट्रिय पुरुष हक्कीमा सेमीफाइनल समीकरण पुरा

पोखरा स्पोर्टस । पोखरामा जारी ‘पाँचौ गिरिजा प्रसाद कोइराला स्मति राष्ट्रिय हक्की च्याम्पियनसिप’मा सेमीफाइनल समिकरण पुरा भएको छ ।

प्रतियोगिता अन्तर्गत दा्स्रो दिनको खेलबाट चार टिमले सेमीफाइनलमा आ–आफ्नो स्थान सुरक्षित गरेका हुन् । विभागिय टोली नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब संगै घरेलु टोली गण्डकी र कर्णाली प्रदेशले सेमीफाइनल यात्रा तय गरेका छन् भने कोशी, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रतियोगिताबाट बाहिरिएको नेपाल हक्की संघकी महासचिब सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।

भोली (बुधबार) पहिलो सेमीफाइनलमा समुह ‘बी’को बिजेता विभागिय टोली नेपाल पुलिस संग समुह ‘ए’ को उपविजेता कर्णाली प्रदेशले  भेट पक्का गर्दा समुह ‘बी‘को उपविजेता घरेलु टोली गण्डकीले समुह ‘ए’ को बिजेता विभागिय टोली नेपाल आर्मीको सामना गर्नेछ ।

प्रतियोगिता अन्तर्गत लिगचरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । सम्पन्न खेल मध्ये नेपाल आर्मीले मधेश प्रदेशलाई ६–० गोलले पराजित गरेको छ । आर्मीका दिपेन्द्र ऐरले ह्याट्रिक पुरा गरे भने प्रदिप राजवंशी र राजेन्द्र कार्कीले समान १–१ गोल गरे । खेलमा आर्मीका रोशन चौधरी प्लेयर अफ दि म्याच बने ।

त्यसै गरी नेपाल पुलिस क्लबले कोशीलाई ४–१ गोलले पराजित गरेको छ । खेलमा महेश धामी, सागर आचार्य, रोमन राना र सुरज बोहोराले समान एक–एक गोल गरे । खेलमा पुलिसका महेश धामी प्लेयर अफ दि म्याच घोषित भए । आजनै भएको तेस्रो खेलमा कर्णालीले बागमतीलाई २–० ले पाखा लगाएको छ । खेलका प्लेयर अफ दि म्याच जिवन रावतले दुवै गोल गरे ।

यता घरेलु टोली गण्डकीले भने लुम्विनी प्रदेश विरुद्ध गोलको वर्षा गरेको छ । गण्डकी लुम्बिनी विरुद्ध १०–० ले बिजयी भएको छ । गण्डकीका अशिम बाहेकले ह्याट्रिक पुरा गरे । उनले खेलको ४, १८ र २५ औं मिनेटमा गोल गरे । गण्डकीका पवन परियार, कुशल नेपाली र प्रेम विकले समान २–२ गोलको योगदान गर्दा एक गोल मोहन पुनले गरे । खेलमा गण्डकीका कुशल नेपाली म्यान अफ दि म्याच बने ।

यस्तै अन्य दुई खेलमा नेपाल पुलिस र कर्णाली प्रदेश बिजयी बने । नेपाल पुलिसले लुम्बिनीलाई ८–१ गोल अन्तरले पराजित गर्दा कर्णालीले आफ्नो अन्तिम खेलमा मधेश प्रदेशलाई २–० गोलले पराजित गरेको हो ।

प्रतियोगितामा दुई विभागिग टोलीसहित विभिन्न ६ प्रदेश गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि बिजेताले नगद रु ५० हजार, उपबिजेताले नगद रु ३० र तेस्रो हुने टिमले नगद रु १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close