
पोखरा स्पोर्टस । ह्वाङ्गजी न्यू डायमण्ड क्लब पाँचौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप २०७७ मा सेनाको टिएसी संग पराजित भएको छ ।

पहिलो दिन ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको डायमण्ड दोश्रो दिन आफ्नै क्लबकी पूर्व खेलाडी कृपा अधिकारीको कप्तानीमा कोर्टमा उत्रेको विभागिय टोली नेपाली सेनाको टिएसी संग पराजित भएको हो । पहिलो सेटमा १७–२१ ले पछाडी परेको न्यू डायमण्ड खेलमा फर्कदै दोश्रो सेटमा २५–२० ले जित हात पार्न सफल भयो । यस्तै तेश्रो सेटमा पुनः २३–२५ ले खेल गुमायो । चौथो सेटमा सम्हालिंदै २५–१५ ले खेललाई आफ्नो पक्षमा पारेको डायमण्ड पाँचौ तथा निर्णायक सेटमा १२ – १५ ले पछि पर्दै अंक बाड्न बाध्य भयो । टिएसीले २ अंक जोड्यो भने डायमण्डले १ अंक हात पार्यो । डायमण्डको ४ अंक भएको छ भने टिएसीको २ अंक भएको छ ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा भएको च्याम्पियनसिपको महिला तर्फ दोश्रो दिन विभागिय टोली एपिएफ र नेपाल पुलिसले पनि जित निकाल्न सफल भए । एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को सहज जित निकाल्यो । एक पक्षिय खेलमा एपिएफले ढोरपाटनलाई २५–३, २५–९ र २५–५ ले पराजित गर्दै ३ अंक जोड्यो । यस्तै पुलिसले पनि भरतपुर मेट्रो खेलकुदमाथि ३–० कोनै जित निकाल्यो । पुलिसले भरतपुरलाई २५–४, २५–८, २५–१२ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो ।
पुरुष तर्फको प्रतिस्पर्धामा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले जित हात पार्दै आफ्नो खातामा ३ अंक जोड्यो । हेल्प नेपालले नयाँबजार सामाजिक युवा क्लबमाथि ३ । १ को जित निकालेको हो । पहिलो सेट २५–१४ ले जितेको हेल्प नेपालले दोश्रो सेट २३–२५ ले गुमाउन पुग्यो । पुनः खेलमा फर्कदै हेल्प नेपालले तेश्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै जित हात पा¥यो । तेश्रो सेटमा २५–२२ र चौथो सेट २५–१६ अंकका साथ जित हात पारेको हो ।
Aha Rara Advt

