पाँचौ आरबिबि क्लब लिग भलिबल प्रतियोगिता काठमाडौमा सुरु, पुलिस र एपिएफको बिजयी सुरुवात

पोखरा स्पोर्टस । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिप बिहिबारदेखि सुरु भएको छ ।
दशरथ रङ्गशालाको कभर्डहलमा भएको प्रतियोगिताको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधी सभाका साँसद माननिय जीवन राम श्रेष्ठले एक कार्यक्रमका विच अन्तराष्ट्रिय रेफ्रि गौतम लासिवालाई भलिबल प्रदान गर्दै उद्घाटन गरे ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले हिजोको दिनमा फुटबलले मात्र प्रायोजन पाउँदै आएकोमा आज आएर भलिबलले पनि प्रायोजन पाउन थालेको छ काम गरेमा प्रायोजन प्राप्त गर्न कठिनाई नहुने भन्दै त्यसका लागि भलिबल संघलाई बधाई प्रदान गरे । उनले खेलाडीहरुको हौसला अभिबृद्धि गर्ने क्रममा खेलाडीहरुले दक्षिण एशियाली खेलमा मात्र होईन अव एशियाली खेलमा पनि भलिबल मार्फत पदक प्राप्त गर्नुका साथै राष्ट्रको नामलाई बिश्वमा उजागर गर्नु पर्छ भन्दै खेलाडीहरुलाई हौसला प्रदान गरे ।

राष्ट्रिय बाणिज्य बैंकका अध्यक्ष धनीराम शर्माले आफु पनि भलिबल खेलको पारखी रहेको भन्दै भलिबललाई आगामी दिनमा अझ बढि सहयोग पु¥याउने बताए ।

पुलिस र एपिएफको बिजयी सुरुवात
आजबाट सुरु भएको लिग भलिबल च्याम्पियनसिपमा विभागिय टोली पुलिस क्लब र एपिएफ क्लबले बिजयी सुरुवात गरेका छन् । पुरुषको पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लब माथि ३–० को जित निकाल्यो । तीनै सेट आफ्नो पक्षमा पार्ने क्रममा पुलिसले २५–०९, २५–२१ र २५–१६ ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो ।

एपिएफ क्लब र बुलबुले रारा क्लबबिचको खेल निकैनै प्रतिस्पर्धात्मक रह्यो । एपिएफले बुलबुलेलाई ३–१ सेटले पराजित ग¥यो । पहिलो र दोश्रो सेटमा बुलबुलेलाई २५–२०, २८–२६ ले पराजित गर्दै बिजयको निकट पुगेको एपिएफ क्लब तेश्रो सेटमा पराजित हुन पुग्यो । तीन पाकिस्तानी खेलाडी सहित मैदान उत्रेको बुलबुलेले तेश्रो सेटमा एपिएफ माथि २५–१८ को जित हात पा¥यो । चौथो सेटमा एपिएफले जित निकाल्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भयो । रोमाञ्चक चौथो सेटमा एपिएफले ३२–३० को जित निकाल्दै जितलाई आफ्नो पक्षमा पार्न सफल भएको हो ।

महिला तर्फ ह्वाङ्गजी न्यू डायमण्डले पहिलो खेलमा जित हात पार्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो । डायमण्डले एकतर्फी खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई २५–०६, २५–०२ र २५–०५ ले पराजित गरेको हो ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close