बगर भाई खलक एट–ए–साइड : उपाधिका टि वर्गर र मिया सान मिया भिड्ने

पोखरा स्पोर्टस । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकद्वारा आयोजित “चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को उपाधिका लाथि टि वर्गर ललितपुर र मिया साना मिया काठमाडौ भिड्ने भएका छन ।

शुक्रबार सम्पन्न सेमीफाइनल खेलमा टि वर्गर ललितपुर र मिया साना मिया काठमाडौले आ–आफ्नो खेल जित्दै उपाधिका लागि स्थान पक्का गरेका हुन । पहिलो सेमीफाइनल खेलमा टि वर्गरले नवलपरासी भेट्रान्सलाई टाईव्रेकरमा २–१ ले पराजित गर्दै उपाधिका लागि स्थान शुरक्षित गरेको छ ।

खेलको निर्धारित समयमा दुवै टिमले २–२ गोल गरेपछि खेल टाइ व्रेकरमा पुगेको थियो । पहिलो पटक सहभागीता जनाएको नवलपरासीका तर्फबाट हिरा बहादुर गुरुङ र दिपक बहादुर थापा मगरले १–१ गोल गरेका थिए भने टि वर्गरका लागि कृष्ण मालाकार र भूपेन लिम्वुले समान १–१ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच भएका टि वर्गरका किपर सञ्जय ठाकुरले नवलपरासीका खेलाडीको प्रहारको बचाउ गर्दै टिमलाई फाइनलको यात्रा तय गराए ।

यस्तै दोश्रो सेमीफाइनलको खेल पनि उत्तिकै प्रतिष्पर्धात्मक रह्यो । पहिलो पटक सहभागी बनेका मनाङ मर्स्याङदी भेट्रान्स काठमाडौ र मिया सान मिया काठमाडौ विचको खेल निर्धारित समयमा कुनै गोल हुन नसक्दा खेलको नतिजाका लागि टाई व्रेकर पर्खिनु पर्यो । मिया सान मियाले २ गोल गर्दा मनाङका सवै प्रहार खेलको म्यान अफ दि म्याच भएका मिया सानका किपर सञ्जिव खड्कीले बचाउ गरे । मिया सानले खेलमा २–० ले जित्दै फाइनलमा स्थान पक्का बनायो ।

“स्वास्थका लागि एक घण्टा व्ययाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मुल नाराका साथ आयोजित उक्त प्रतियोगिताको फाइनल खेल शनिवार २ बजे शुरु हुने प्राविधिक संयोजक खगेन्द्र गौचनले जनाएका छन । ४० वर्ष देखि ६५ वर्ष उमेर समुहका खेलाडी सहभागिता रहेको प्रतियोगितामा उपाधि विजेताले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ लाख द्वितियले नगद रु. ५५ हजार पांच सय ५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार प्रत्येक खेलाडिलाई प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिने संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले बताए ।

यसै विच बगर भाई खलकले काठमाडौ जिल्ला फुटबल संघका अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी विराट जंग शाहीलाई सम्मान गरेको छ । वगर भाई खलक भेट्रान्स फुटबल शुरु भए यता १० वर्ष देखि लगातार पोखरा आएका शाहीले नेपालका धेरै ठाउँमा पोखराको सिको गर्दै फैलाउन सहयोग गरेका छन । उनकै कारणले नेपालका धेरै शहरहरुका पूर्व राष्ट्रिय देखि स्थानिय खेलाडीहरु फुटबलको विकास र सम्वर्द्धनका लागि अगाडी आएको भाई खलकका अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई बताए ।

ADVT AHA RARA GOLD CUP

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close