राष्ट्रिय कराते प्रतियोगितामा गण्डकी प्रदेश ५ स्वर्ण र ३ रजत सहित टिम च्याम्पियन

महिलातर्फ रोजिना उत्कृष्ट खेलाडी, विमलाले जितिन २ स्वर्ण

पोखरा स्पोर्टस । “प्रथम आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता”मा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ ।

धनुषामा शनिबार सम्पन्न प्रतियोगितामा गण्डकी प्रदेश ५ स्वर्ण र ३ रजत सहित टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा महिलातर्फ रोजिना राई उत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनले ५५ केजी तौल समुहमा स्वर्ण पदक जितेको करातेका प्रशिक्षक सुरेन्द्र गुरुङले पोखरा स्पोर्टसलाई बताए ।
दुई दिन सम्म चलेको उक्त प्रतियोगितामा महिलातर्फ विमला नेपालीले दुई स्वर्ण हात पारेकी छन । विमलाले एकल काता र ५० केजी कुमुतेमा स्वर्ण पदक हात पारेकी हुन ।

त्यसै गरी पुरुषतर्फ एकल कातामा प्रभात पुनले स्वर्ण पदक हात पार्दा ५५ केजी कुमुतेमा काश्य पदकमा चित्त वुझाउन परेको छ भने सक्षम राना ६० केजी तौल तर्फ कुमुतेमा स्वर्ण पदक हात प्राप्त गर्न सफल भए । त्यर्सै गरी ४० केजी तौलतर्फ प्रिन्स जङ क्षेत्रीले कुमुतेमा काश्य पदक जितेका छन ।

प्रतियोगितामा गण्डकी प्रदेशबाट १० जना खेलाडी सहभागी भएको जनाउँदै प्रशिक्षक गुरुङले कोभिड १९ महामारीको एक वर्ष पछि खेलाडीले उत्साहजनक पदर्शन गरेको बताए । उनले भने–“करिव एक वर्ष भयो कुनै प्रतियोगिता हुन सकेको थिएन, तर खेलाडीले निकै राम्रो पदर्शन गरेका छन ।”

Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close