तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुर्खेतमा शुरु

पोखरा स्पोर्टस । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विरेन्द्र नगरमा तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुक्रबार सुरु भयो । प्रतियेगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरे । सो अबसरमा मुख्य मन्त्री शाहीले खेलकुकदो महत्वलाइ ध्यानमा दिदै प्रदेश सरकारले निती तथा योजना बनाएको वताए ।

विशेष अतिथीको रुमपा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले कर्णाली प्रदेशमा भएको यो प्रतियोगिता महत्वपूर्ण रहेको वताउदै कर्णाली प्रदेश आगामी दिनमा पिछडीएको प्रदेश नभइ अग्रणी रहेको प्रदेशको रुपमा चिनिन सक्ने वताए । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश समसेर राणाले प्रतियोगिता उदाहरणीय भएको वताए ।

आयोजक कमिटीका प्रमुख नन्दा बस्यालको सभापतीत्वमा भएको उद्घाटन समारोहमा तेक्वान्दोका मुख्य प्रशिक्षक नबीन कुमार श्रेष्ठ र ओलम्पियन संगीना बैद्य तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठलगायतको उपस्थिती थियो ।

प्रतियोगितामा पुम्से र ग्योरोगी गरी २४ स्पर्धा समाबेश गरिएका छन् । नेपाल तेक्वान्दो संघ, महिला शशक्तीकरण समितीको आयोजनामा भएको प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली प्रदेश खेलकुद संघको सहयोग रहेको छ ।

प्रतियोगितामा च्याम्पियन टोलीले १ लाख ,उपविजयी टोलीले ५० हजार तथा तेस्रो हुने टोलीले २५ हजार रुपैया पुरस्कार पाउने छन् । सिनीयर र जुनियरका वेस्ट फाइटरले २५ हजार रुपैया पाउने छन् । ब्यक्तिगत तर्फ स्वर्ण पदक वापत ३, रजत पदक वापत २ तथा काश्य पदक वापत १ हजार रुपैया पुरस्कार पाउने छन् ।

४ लाख रुपैया भन्दा बढीको पुरस्कार राशी रहेको प्रतियोगिताको कुल लागत ४५ लाख ६६ हजार ५ सय रुपैया रहेको छ । प्रतियोगितामा ५० भन्दा बढी टोलीका करिब ४ सय खेलाडीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close