राईको उपचारमा बोहोराको ४० हजार सहयोग

पोखरा । नेपाल स्पेन कोस्टाब्लान्का समाजले एपीएफ क्लबका पूर्व खेलाडी तथा महिला टिमका प्रशिक्षक नर कुमार राईको छोरीको उपचारका लागि ४० हजार नगद सहयोग गरेका छन ।

कोस्टाब्लान्का समाजका अगुवा तथा एथ्लेटिक्सका पुर्व राष्टिय खेलाडी अक्कल बहादुर बोहोराको पहलमा संकलन भएको उक्त रकम नेपाल खेलकुद पत्रकार मञ्च मार्फत बुधवार हस्तान्तरण गरिएको हो । मञ्चका अध्यक्ष देबेन्द्र सुवेदीले प्रशिक्षक नरकुमार राईलाई बुधवार रकम हस्तान्तर गरेका हुन् ।

उनकी ११ वर्षिया छोरी कसुमी राईलाई ब्लड क्यान्सर रोगले पीडित छिन् र हाल उनी महाराजगञ्जस्थित कान्ति बाल हस्पिटलमा उपचाररत छिन् । एपीएफबाट खेल्ने म्याराथन धावक अक्कल बहादुर बोहोराले यसअघि पनि समस्यामा परेका थुप्रै नेपालीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् ।

सहयोगका लागि कोस्टाब्लान्का समाजका सदस्यहरु बोहोरा अलावा ब िकोइराला, सुरज बानियाँ, सुवास सापकोटा, बिपिन वुढाथोकी, शिव नेपाल, दिनेश सापकोटा, नवराज दुवाडी, सन्तोष अर्याल, एकबहादुर भट्ट, प्रकाश तिवारी रहेका छन ।

प्रशिक्षक राईले सहयोग गर्ने नेपाल स्पेन कोस्टाब्लान्का समाजलाई धन्यवाद दिएका छन्। उनले हालसम्म छोरीको उपचार १४ लाख रुपैंया खर्च भइसकेको र पुर्ण रुपमा ठिक गर्न अझै रकम अभाव भएको बताएका छन् । उनले आर्थिक अवस्था कमजोर रहेको कारण छोरीको उपचामा सहयोग गरिदिन सबैसमक्ष अपिल गरेका छन् ।

’नरे दाई’ को नामले चर्चित राई २०६२ साल देखी २०६८ सालसम्म एपिएफबाट खेलेका हुन्। राइट डिफेन्सबाट खेल्ने राइको पालामा एपिएफले पाँचौ स्थान सम्म उक्लिन सफल भएको थियो । खेलाडी जीवनमा सकृय छदै उनले २०६४ सालबाट महिला टिमको प्रशिक्षकको जिम्मेवारी पाएका थिए। २०७३ साल रिटायर्ड हुँदासम्म उनले महिला फुटबलको जिम्मेवारी सम्हाले ।

अहिलेका चर्चित खेलाडीहरु सावित्रा भण्डारी, अनिता बस्नेत, रेणुका नगरकोटी, मनमाया लिम्बू, अनिता केसी, मञ्जली योञ्जन, एञ्जिला तुम्बापो जस्ता खेलाडीहरु राईको प्रशिक्षणमा हुर्केका हुन् । जागिरे जीवनपछि पैसा कमाउन राई बहराईन गएका थिए । त्यहाँ २१ महिना काम गरिरहंदा छोरीलाई क्यान्सर भएपछि उनी फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close