पोखरा स्पोर्टस् अवार्डलाई लेकसिटीको साथ

पोखरा स्पोर्टस । ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६/०७७’ मा प्रदान गरिने लाइफ टाइम अचिभमेन्ट अवार्डलाई प्रायोजन सम्झौता भएको छ ।

पोखरा लेकसिटीका निर्देशक डा. विष्णु नेपाली र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीबीच सहमतिपत्रमा बिहीबार सम्झौता भएको हो । खेल गतिविधिले मानव स्वास्थ्यमा सहयोग पुग्ने उल्लेख गर्दै डा. नेपालीले मञ्चले आयोजना गरेको स्पोर्टस् अवार्ड सबैको लागि महत्वपूर्ण रहेको बताए । मञ्च अध्यक्ष गिरीले स्पोर्टस् अवार्डमा सहयोगदाता रुपमा जोडिएकोमा आभार व्यक्त गर्दै सम्पूर्णको सहयोगबाट अवार्ड सभ्य र भव्य रुपमा सम्पन्न गर्न मद्दत मिल्ने बताए ।

गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा यसपालि विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । मञ्चले २०७८ वैशाख २० मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी ती विधामा अवार्ड प्रदान गर्नेछ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ । तीमध्ये उत्कृष्ट खेल पत्रकारिता अवार्ड यसपालि २ पत्रकारले पाउनेछन् ।
Aha Rara Advt
Pokhara Marathon Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close