
पोखरा स्पोर्टस । गण्डकी प्रदेश खेलकूद परिषदका नव नियूक्त सदस्य सचिव तेज गुरुङलाई यूके लगायत विदेशको भूमीबाट गैर आवाशिय नेपाली संघ (एनआरएनए) तथा विभिन्न एक दर्जन भन्दा वढी सामाजिक संघ–संस्थाहरुले वधाई दिएका छन ।
यूकेमा हालै गठन गरिएको गण्डकी प्रदेश खेलकूद समन्वय मञ्चको आयोजनामा भएको भर्चुअल कार्यक्रममा दर्जन भन्दा वढी संघ संस्थाहरुले नवयिुक्त सदस्य सचिव गुरुङलाई बधाई दिएका हुन । गैर आवाशिय नेपाली संघ (एन.आर.एन.ए)का अध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गुरुङले गण्डकी प्रदेशको खेलकूदको उच्च पद सम्हाल्न पुगेको भन्दै बधाई दिएका छन ।

बधाई कार्यक्रममा बोल्दै एन.आर एन.ए का अध्यक्ष पन्तले नवनियुक्त गुरुङ सहि व्यक्ति सहि पदमा नियुक्त भएको भन्दै खुसी व्यक्त गरे । गुरुङको अनुभवले गण्डकी प्रदेशको खेलकूद विकासमा फड्को मार्ने बताउँदै विदेशमा रहेका नेपाली यूवाहरुलाई जोड्न खेलकूदले अहम भूमिका खेलेको बताए । उनले भने–“धेरै विदेशमा रहेका नेपालीहरु आफ्नो भूमिमा खेल्न चाहन्छन तर त्यसमा धेरै ठूलो प्रशासनिक झञ्झट छ, आशा छ गुरुङको कार्यकालमा त्यो समस्या समाधान हुनेछ ।”
गैर आवाशिय नेपाली खेलाडीहरु अझै प्रभावकारी रुपमा नेपाली खेलकूदको विकासका लागि अघि वढ्न चाहेको बताउँदै अध्यक्ष पन्तले खेलकूदमा चासो दिने र खेलकूद विकासका लागि अघि वढेको प्रदेशको रुपमा गण्डकी प्रदेश रहेको छ भन्नेमा आफू विश्वस्त रहेको बताए । उनले गैर आवाशिय नेपाली संघ खेलकूद विकासका लागि सँधै सहकार्य गर्न तयार रहेको र यसका लागि समन्वय गर्न आफू सँधै तत्पर रहेको धारणा राखे ।

एन.आर एन.ए का महासचिव डा. हेम राज शर्माले नवनियुक्त सदस्य सचिब गुरुङ खेलकूदको इतिहास बोकेको व्यक्तिले नेतृत्व सम्हाल्नु निकै गौरवको विषय रहेको बताउँदै भने–“खेलकूद जिवनको अभिन्न अङ्ग रहेको छ, खेल्यौ भने विग्रीन्छ भन्ने समाजमा रहेको मानसिकतामा परिवर्तन ल्याउन आवश्यक छ ।” खेलकूद सम्भावना बोकेको क्षेत्र भएकोले परम्परागत खेलकूदको विकासका लागि समेत प्रदेश खेलकूद अघि वढ्नु पर्ने बताए ।
एनआरएनएमा गण्डकी प्रदेशको वाहुल्य रहेको बताउँदै यसलाई उर्जाको रुपमा लिन आग्रह गर्दै महासचिव शर्माले विदेशको नागरिकता लिएका नेपालीहरुले नेपालमा खेल्न निकै प्रशासनिक झमेला वोक्नु परेको बताए । गण्डकी प्रदेशमा खेलकूद पर्यटनमा निकै सम्भावना वोकेको बताउँदै नवनियूक्त सदस्य सचिव गुरुङलाई यसलाई अवसरको रुपमा लिन आग्रह गरे । उनले खेलकूदलाई प्राज्ञिक क्षेत्रमा समेत जोड्न आवश्यक रहेको बताउँदै धेरै एनआरएनएहरु त्यस क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताए ।
एन.आर.एन.ए यूवा तथा खेलकूदका संयोजक हिमाल गुरुङले नवनियूक्त सदस्य सचिब गुरुङको खेलकूदमा दिएको योगदान महत्वपूर्ण र अवस्मरणिय रहेको बताउँदै प्रदेश खेलकूदले सवल र सक्षम नेतृत्व पाएको बताए । उनले गुरुङलाई हार्दिक बधाई दिंदै कोभिड महामारीले आफूले भने जस्तै गरी काम गर्न नसकेको बताए । प्रदेशको खेलकुद विकासका लागि आफू सँधै सहकार्य गर्न तत्पर रहेको धारणा राख्दै गुरुङको कार्यकालमा प्रदेश खेलकूदले गति लिने बताए ।
यूके नेपालीहरुको छाता संस्था गैर आवाशिय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले नवनियुक्त सदस्य सचिव गुरुङलाई बधाई दिंदै प्रदेश खेलकूदले सक्षम नेतृत्व पाएको बताइन । नवनियूक्त सदस्य सचिव गुरुङ धेरै खेलाडीका लागि रोल मोडल रहेको बताउँदै समाज र देशका लागि समेत उदाहरणिय व्यक्तित्व रहेको बताइन । उनले भनिन–“खेलकूदमा मात्रै होइन अव यहाँको योगदान देश विकासका लागि समेत अघि बढ्नुपर्छ ।” विदेशमा रहेका नेपालीहरुको नवनियुक्त सदस्य सचिव गुरुङलाई हेर्ने दृष्टिकोणमा समेत सकरात्मक सोच रहेकोले खेलकूद विकासका लागि सवैको सहयोग र साथ रहने बताइन । उनले विदेशमा समेत खेलकूदमा लागेका धेरै नेपाली खेलाडीहरु रहेको भन्दै उनीहरु सँग पूलको काम गर्न आग्रह गर्दै एनआरएनए यूके सँधै सहयोग रहने प्रतिवद्धता रहने बताइन ।
सो अवसरमा वोल्दै सहारा यूकेका पूर्व अध्यक्ष नविन गुरुङले हार्दिक बधाई ज्ञापन गर्दै नेपाली खेलकूदको विकासमा आफ्नो पूर्ण सहयोग रहने बताए । तमु प्हे लु संघका निवर्तमान अध्यक्ष खुसीमान गुरुङ एमभिओले हार्दिक वधाई दिंदै आफू र आफ्नो परिवार सँधै खेलकूदका सहयोगका लागि तयार रहने बताए । यसै गरी समाजसेवी तथा पूर्व प्रधनाध्यापक एकेन्द्र गुरुङले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै गण्डकी प्रदेश पर्यटनको राजधानी मात्रै नभई खेलकूदको राजधानी हुनेमा आफू विश्वस्त रहेको बताए । उनले तेज गुरुङको कार्यकालमा प्रदेशको खेलकूदले गति लिने बताउँदै प्रदेश खेलकूदको विकासका लागि गैर आवाशिय नेपाली संघको सहयोग आवश्यक रहेको धारणा राखे ।
समाजसेवी तथा अम्वर सिंह मावीका पूर्व प्रअ महेश गुरुङले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै खेलकूद विकासका लागि असल व्यक्तित्व गण्डकी प्रदेशले प्राप्त गरेको बताए । कार्यक्रममा डा.चन्द्र बहादुर गुरुङले पोखरा रंगशालाको पर्खाल निर्माण गर्न तमु धिं यूकेको साथ रहेको इतिहासको स्मरण गर्दै पोखराको खेलकूदको विकासका लागि ठोस योजनाका साथ अघि वढ्न आग्रह गरे ।
पोखरेली मञ्च यूकेका अध्यक्ष मान प्रसाद गुरुङले सफल कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै भने–“विदेशी भूमीबाट नेपाली खेलकूदको विकासका लागि जे सपना देखेका छौं त्यो पक्कै पुरा हुने छ ।” सहारा यूकेका अध्यक्ष कुमार गुरुङले सहारा यूके सँधै खेलकूदको विकासका लागि लागेको संस्था भएकोले पनि आफूहरु हातमा हात मिलाएर अगाडी वढ्ने प्रतिवद्धता जनाए । खेलकूदमा ज्ञान भएको व्यक्ति उच्च तहमा पुगेको हुनाले पक्कै खेलाडीहरुको पिडा र मर्म पक्कै वुझ्ने र उनीहरुको हितमा अगाडी वढ्न सकोस भन्दै सफल कार्यकालको शुभकामना दिए ।
हङकङ यूके नेपाली मञ्च यूकेका अध्यक्ष ह्यारी गुरुङले आफ्नो मन सँधै नेपाली खेलकूद विकासका लागि भएको भन्दै आफ्नो सञ्जालबाट प्रदेश खेलकूदको विकासका लागि आर्थिक र भौतिक सहयोगका लागि तत्पर रहेको बताए । एनआरएनए गोर्खा टास्क फोर्सका अध्यक्ष डा.चन्द्र बहादुर गुरुङले नेपाली खेलकूद र समाजसेवामा तेज गुरुङको योगदान महत्वपूर्ण रहेको भन्दै गण्डकी प्रदेशलाई विश्वकै आकर्षणको शहरको रुपमा परिचित गराउन गैर आवाशिय नेपाली संघको भूमिका रहनुपर्ने बताए । उनले पोखरालाई विश्वकै प्रमुख खेलकूदको आकर्षण केन्द्र सँगै पोखरालाई स्मार्ट सिटीको रुपमा विकास गर्नुपर्ने धारणा राखे ।
अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले आफू पनि पूर्व खेलाडी रहेको र खेलाडीका मर्महरु यद्यपी कायम रहेको बताउँदै नवनियूक्त सदस्य सचिव गुरुङले खेलाडीको समस्या समाधान तथा व्यवस्थापन गर्न सहजता तर्फ उन्मुख हुने बताए । उनले गण्डकी प्रदेशलाई खेलकूदको विशेष हव बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।
स्याङजा जिल्ला समाजका अध्यक्ष सारदा गुरुङले गण्डकी प्रदेशले खेलकूद विकासका लागि आदर्श व्यक्तित्व प्राप्त गरेको भन्दै खुसी व्यक्त गर्दै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए । लमजुङ समाज युकेका अध्यक्ष विश्व गुरुङले संस्थाको तर्फबाट कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै लमजुङमा फुटबल र मार्शल आर्टको विकासका लागि उर्वर भूमी रहेको भन्दै लमजुङमा यि दुई खेलको विकासका लागि पहल गरेमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए ।
गोर्खा समाज यूकेका अध्यक्ष हेम गुरुङले देश विकासका लागि खेलकूद विकासका लागि महत्वपूर्ण पाटो रहेको भन्दै नवनियूक्त सदस्य सचिव गुरुङलाई बधाई दिए । गोर्खा जिल्ला देशकै आधार जिल्ला रहेकोले गोर्खाको खेलकूद विकासका लागि आफूहरुको सँधै सहयोग रहने बताए ।
तनहुँ समाज यूकेका अध्यक्ष लेख गुरुङले नवनियूक्त सदस्य सचिव गुरुङलाई बधाइ दिंदै भने–“नेपाली खेलकूद सँधै राजनितीको भर्ति केन्द्र हुँदै आएको यर्थाथ हाम्रा सामु रहेका भए पनि आज गण्डकीले पक्कै पनि खेलकूदको सर्मपित व्यक्तित्व पाएको छ, र यो सवैका लागि मार्ग निर्देशन बन्ने छ, प्रदेशको खेलकूदले नयाँ आयाम र उचाई प्राप्त गर्नेछ ।”
तमु आमा समुह यूकेकी अध्यक्ष तथा पूर्व राष्ट्रिय ह्याण्डबल खेलाडी यशोदा गुरुङले कार्यकाल सफलताको शुभकामना व्यक्त गरिन । समाजसेवी रमेश शर्मा बास्तोलाले हार्दिक वधाई दिंदै गण्डकी प्रदेशको खेलकूद विकासका लागि सँधै सहयोगका हातहरु अघि बढ्ने बताए ।
तमु धिं यूकेका अध्यक्ष हितकाजी गुरुङले असल व्यक्तित्व प्रदेश खेलकूदमा नियूक्त गरेको भन्दै प्रदेश सरकारलाई बधाई दिंए । तेज गुरुङ आफ्नो पनि असल गुरु रहेकोले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थागत वा व्यक्तिगत रुपमा खेलकूदको विकासका लागि सँधै तत्पर रहेको बताए । बागलुङ अन्तर्राष्ट्रिय समाजका अध्यक्ष कृष्ण शर्माले प्रदेशले खेलकूदमा सक्षम व्यक्तित्व पाएको बताउँदै नेपाली खेलाडीको नाजुक अवस्थालाई माथी उठाउन गुरुङको योगदान रहने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय क्षेत्रमा रहेर खेलकूदमा रहेर कार्य गर्नेहरु सँग सामिप्यता बढाउन सके प्रदेश खेलकूद विकासमा थप सहजता हुने बताए । उनले बागलुङको भलिवल लगायत अन्य खेलकूद विकासका लागि प्रदेश खेलकूदका तर्फबाट सहयोग गर्न आग्रह गरे ।
त्यसै गरी म्याग्दी प्रवासी नेपाली संघ यूकेका योग कुमार फगामीले नवनियूक्त सदस्य सचिव गुरुङलाई बधाई दिंदै प्रदेशको खेलकूदको विकास हुनेमा विश्वास व्यक्त गरे । उनले भने–“म्याग्दीमा आफ्नै भलिवलको पूर्वाधार नहुँदा खेलाडीले निकै समस्या भोगेका छन ।” उनले नेपाली महिला भलिवलमा म्याग्दीको योगदान महत्वपूर्ण रहेको भन्दै खेलाडीको समास्या समाधान गर्न नवनियूक्त सदस्य सचिव हुनेमा विश्वास व्यक्त गरे । उनले गण्डकी प्रदेशले शुरुवात गर्ने जुनसुकै कार्यक्रम तथा योजनाका लागि सहयोग हुने प्रतिवद्धता जनाए ।
सो अवसरमा वोल्दै नवनियूक्त सदस्य सचिव तेज गुरुङले अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान वनाईसकेका व्यक्तित्वहरु सँग महानुभावहरु सँग जोडिन पाउँदा आफूलाई निकै खुसी लागेको बताए । उनले यो अवसर भाग्यमानी व्यक्तिहरुले मात्रै प्राप्त गर्ने बताउँदै व्यक्तिगत र स्वार्थ भन्दा माथी उठेर मानविय व्यक्तिले मात्रै यस्तो अवसर प्राप्त गर्ने बताउँदै ति भाग्यमानी मधये आफू एक रहेको बताए । उनले भने–“आफ्नो कमाईको एक अशं समाजको लागि योगदान दिने महत्वपूर्ण व्यक्तित्वहरुको माझ उभिन पाउँदा खुसी लागेको छ ।” प्रदेशको खेलकूदको जिम्मेवारी महत्वपूर्ण रहेको भन्दै आफूले यो जिम्मेवारी अवसरको रुपमा लिएको बताए ।
समाजमा खेलकूदको संस्कृतीको विकास आवश्यक रहेको बताउँदै यसलाई चिर्न निकै चुनौती रहेको सदस्य सचिव गुरुङले बताए । विश्वमा शान्ती सँगै समाजलाई एकजुट बनाउन खेलकूदको भूमिका रहने बताउँदै खेलकूदमा हुने सहकार्य र अनुशासनले समाजमा फैलाउन सहयोग गर्ने उनले बताए । स्वस्थ्य नागरिकले नै समाजको विकास अघि बढ्ने तथा खेलकूद सँग व्यवसायिकता समेत गाँसिएको धारणा अघि सार्दै विश्वमा दिगो लक्ष्य प्राप्ती वा समृद्ध देश निर्माणका लागि खेलकूदको अहम भूमिका हुने उनले बताए । नेपालले खेलकूदलाई प्राथमिकतामा राख्नु पर्छ भन्ने कुरा लाई आफूले सदैव अघि सारेको बताउँदै तमु धिं यूके, पोखरेली मञ्च यूके, वगर भाई खलक, सहारा यूके लगायत दर्जनौ संघ संस्थाले पोखराको खेलकूदमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
गण्डकी प्रदेश खेलकूद समन्वय मञ्चका संयोजक तथा पूर्व राष्ट्रिय व्याडमिन्टन खेलाडी मिन प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा एनआरएनए यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, ज्येष्ठ नागरिक तथा वरिष्ठ समाजसेवी नन्द कुमारी गुरुङ, एनआरएनएका कार्यसमिती सदस्य भक्त गुरुङ, सहारा यूकेका पूर्व अध्यक्ष नविन गुरुङ, समाजसेवी तथा पूर्व राष्ट्रिय भलिवल खेलाडी मञ्जु गुरुङ राई, सहारा यूकेका निवर्तमान अध्यक्ष मिन गुरुङ, सहारा यूकेका उपाध्यक्ष कुशाङ गुरुङ, समाजसेवी कमल गुरुङ लगायतले नवनियुक्त सदस्य सचिव गुरुङलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
यूके लगायत विश्वमा रहेका नेपालीहरुलाई खेलकूदको विकासमा जोडन मञ्च गठन प्रक्रिया अघि बढेको मञ्चका संयोजक मिन प्रसाद गुरुङले जनाएका छन ।
Aha Rara Advt
Pokhara Marathon Advt

