सहाराका गुरु चेलाले एकैपटक पाए एफसी/एन्फा ‘ए’ लाइसेन्स

पोखरा स्पोर्टस । सहारा क्लव पोखराद्वारा सञ्चालित सहारा एकेडेमकीका पूर्व प्रशिक्षक विल तामाङ सहित उनकै चेला विष्णु गुरुङले समेत एफसी/एन्फा ‘ए’को फुटबल प्रशिक्षणको लाइसेन्स पाएका छन ।

नेपाली फुटबल संघहरुकोे छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित कार्यक्रममा एफसी/एन्फा ‘ए’ उर्तिण गरेका तामाङ सहित उनकै चेला गुरुङले समेत एफसी/एन्फा ‘ए’को फुटबल प्रशिक्षणको लाइसेन्स पाएका हुन । २०५८/०५९ सालमा सहारा क्लवको स्थापना सँगै सहारामा प्रशिक्षण दिन शुरु गरेका तामाङ तत्कालिन समयमा मासिक २ हजार ५ सय मा अनुवन्ध भएका थिए । उनकै प्रशिक्षणमा पूर्व नेपाली राष्ट्रिय कप्तान अनिल गुरुङ र विजय गुरुङ लगायत दर्जनौ राष्ट्रिय खेलाडी उत्पादन गरेका थिए ।

सहारा हङकङका उपाध्यक्ष समेत रहेका तामाङ भारतको पटियालामा फुटबल प्रशिक्षणको डिप्लोमा समेत प्राप्त गरेका छन । सन २००१ देखि २००३ सम्म भारतको पटियालामा प्रशिक्षण लिएर फुटबल प्रक्षिणमा ‘फर्ष्ट क्लास’ भएका उनी नेपाली फुटबल प्रशिक्षक ‘फर्ष्ट क्लास’ हुने पहिलो नेपाली फुटबल प्रशिक्षक समेत हुन । हङकङमा वसेर पनि नेपाली पासपोर्ट नत्यागेका तामाङ आफ्ना् जन्म भूमीमा केही गर्ने झिनो आशा रहेकोले पनि पासपोर्ट नत्यागेको तामाङले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“नेपालमा बसेर मैले काम गरेर देखाउन चाहन्छु तर अवसर पाएको छैन, आशा छ त्यो मैले पाउने छु ।” उनले स्मरण गर्दै भने–“२० वर्ष अघि भारत जाँदा समेत तत्कालिन अवस्थामा कर्मा छिरिङ शेर्पा शेर्पाले ठूलो गुन लगाएका थिए, म उहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।”

विष्णु सहित आफूले एकैपटक लाइसेन्स पाएका उनले निकै गौरव लागेको तामाङले बताए । उनले भने–“यो मेरो लागि निकै गौरवको विषय हो, मेरो चेला र मैले सँगै लाइसेन्स पायौं”, उनले थपे–“मैले बनाएको फुटबलको जग पक्कै पनि बलियो भएको महशुस गरें ।” विष्णुलाई १२ वर्ष सम्म प्रशिक्षण दिएक तामाङले यो अवसर निकै शुखदायी र सँधैका लागि अविष्मरणिय रहेको बताउँदै अव आफूहरु प्रो लाइसेन्सका लागि यात्रा शुरु गर्ने तामाङले बताए ।

एन्फाद्वारा आयोजित कार्यक्रममा एफसी/एन्फा ‘ए’ १८ जनाले लाइसेन्स प्राप्त गरेका हुन । यो गत नोभेम्वर २०२० बाट शुरु भएको थियो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

Aha Rara Advt.
Pokhara Marathon Advt.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close