गण्डकी प्रदेश खेलकूद परिषद नवनियूक्त सदस्य सचिब गुरुङले बुझे नियुक्ती  पत्र

पोखरा स्पोर्टस । गण्डकी प्रदेश खेलकूद खेलकूद परिषदका नवनियूक्त सदस्य सचिब तेज बहादुर गुरुङले नियुक्ती पत्र बुझेका छन ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले एक कार्यक्रमका विच नवनियुक्त सदस्य सचिव गुरुङलाई नियुक्ती पत्र हस्तान्तरण गरेकी हुन । सो अवसरमा बोल्दै मन्त्री पुनले नवनियूक्त सदस्य सचिव गुरुङलाई बधाई दिंदै खेलकूद मार्फत गण्डकी प्रदेशको समृद्धीका लागि अगाडी बढ्न आग्रह गरिन । उनले भनिन–“खेलकुदले योग्य र कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्ने सँगै विश्वमा नेपालको गौरव बढाउने खेलाडी उत्पादनमा भूमिका खेल्ने छ ।”

खेलकूदमा कुनै पनि भाषा र जात जाती, धनी र गरिव विचको भेदभाव नहुने बताउँदै प्रदेश खेलकुदको अध्यक्ष समेत रहेकी मन्त्री पुनले गण्डकी प्रदेशको खेलकूदले खुसी र सुखी नागरिक उत्पादनमा सदैव क्रियाशिल भएर अघि वढ्ने बताइन ।

कार्यक्रममा वोल्दै गण्डकी प्रदेश विधायन समितीका सभापती मोहन रेग्मीले गण्डकी प्रदेशको समृद्धी सँगै स्वास्थ्य र सचेतना सँग खेलकूदले यूवाहरुलाई विसङ्गती विरुद्ध अघि बढ्ने प्रेरणा दिन गण्डकी प्रदेश खेलकूद परिषद सफल हुने भन्दै नवनियूक्त सदस्य सचिव गुरुङलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सो अवसरमा वोल्दै नवनियूक्त सदस्य सचिब तेज बहादुर गुरुङले सदस्य सचिव सम्म आफूलाई यो अवसर दिएकोमा मुख्यमन्त्री लगायत प्रदेश सरकारलाई आभार व्यक्त गर्दै आफ्नो क्षमताले भ्याए सम्म प्रदेशको खेलकुदको विकासका लागि सँधै समर्पित भएर अघि वढ्ने प्रतिवद्धता जनाए । आफू खेलकूदकै पृष्ठभूमीबाट नै यो ठाउँमा आइपुगेको बताउँदै उनले प्रदेश सरकारले खेलकूदमार्फत प्रदेशको समृद्धीका लागि योजनावद्ध रुपमा अघि वढने बताए ।

कार्यक्रमा सामाजिक विकास मन्त्रालयका सचिब विनोद बहादुर कुवर, छनोट समितीका सदस्य खेलविज्ञ दिल बहादुर गुरुङ, खेलकूद महाशाखा प्रमुख तेज प्रसाद काफ्ले लगायत मन्त्रालयका विभिन्न महाशाखा प्रमु्ख तथा कर्मचारीहरुले नवनियुक्त सदस्य सचिव गुरुङलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
Aha Rara Advt
10 KM Race ADVT

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close