
पोखरा स्पोर्टस । पोखरा महानगर पालिका वडा नं २५ हेमजामा जेठ १ देखि ८ गते सम्म शुभकामना राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपालीहरुको नयाँ वर्षको अवसरम हेमजा युनाइटेड क्लवको आयोजना हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्विकृती दिएको हो । सो बारे जानकारी दिंदै एन्फा कास्कीका महासचिव रमेश कार्कीले प्रतियोगिताका लागि एन्फा केन्द्रले स्विकृती प्रदान गरेको पोखरा स्पोर्टसलाई बताए ।
प्रतियोगिता हुनेवारे प्रारम्भिक जानकारी दिंदै क्लवका आजिवन सदस्य समेत रहेका कार्कीले प्रतियोगितामा ए डिभिजनका क्लवहरुको सहभागिता हुने बताए । उनले भने–“हामीले राष्ट्रिय क्लवहरुको सहभागितामा पहिलो पटक प्रतियोगिता सञ्चालन गर्दैछौं ।” क्लवले नयाँवर्षको अवसरमा वैशाखको पहिलो साताबाट स्थानियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको भए पनि यो पटक फ्रेन्चाइज लिगका कारण खेलाडीहरु विभिन्न क्लवमा अनुवन्ध भएकोले जेठको पहिलो साता प्रतियोगिताको मिति तय भएको उनले बताए ।
पोखरामा सहारा क्लवको आयोजनामा यहि चैत २१ गतेबाट आहा ! रारा गोल्ड कप हुँदैछ । पोखरामा सञ्चालनमा रहेका क्लवहरु मध्ये सहारा क्लव पछि पछिल्लो पटक हेमजा युनाइटेड दोश्रो क्लवको रुपमा गोल्ड कप प्रतियोगिता गर्ने अवसर पाएको हो । क्लवका अध्यक्ष इन्द्र कुवंरले यो एन्फाले दिएको स्विकृतीका लागि आभार प्रकट गर्दै यसलाई अवसरको रुपमा लिने बताए । उनले यो अवसर पोखराको फुटबल विकासका महत्वपूर्ण पाटोको रुपमा रहेको भन्दै क्लव सक्रिय रुपमा खेलाडी उत्पादनमा अघि वढ्ने बताए ।
Aha Rara Advt

