खेलकूदको प्रारम्भिक मस्यौदा बुझाइयो

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५४ ले दिएको अधिकार बमोजिम राष्ट्रिय खेलकुद विकास नियमावली २०७७ को प्रारम्भिक मस्यौदा बुझाइएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकालको संयोजकत्वमा विज्ञ रिमबहादुर रानाभाट, खेलकुद शाखाका उपसचिव प्रेमराज खरेल, आर्थिक महाशाखाका उपसचिव रामप्रसाद विडारी, कानून न्याय संसदीय मन्त्रालयका उपसचिव शारदा राउत, राष्ट्रिय खेलकुद परिषद्का कानून शाखाका प्रमुख नारायणराज अर्याल र सचिवको रुपमा युवा तथा खेलकुद मन्त्रालयका कानून उपसचिव रिन्जा डंगोल रहेको समितिले राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई उक्त नियमवलीको प्रारम्भिक मस्यौदा हस्तान्तरण गरेको हो ।

Aha Rara ADVT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close