
पोखरा स्पोर्टस । नेपाल मुआथाई संघ कास्कीको अध्यक्षमा प्रदीप पहारी सर्वसम्मत चयन भएका छन ।
पोखरामा सम्पन्न दोश्रो अधिवेशनले पहारीलाई आगामी दुई वर्षको लागि सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी संघको सचिवमा सनम गुरुङ चयन भएका छन भने अन्य पदाधिकारी पछि तोक्ने संघले जनाएको छ । संघको सदस्यहरुमा जोन परियार, सागर गुरुङ, सन्दीप बरुवाल निर्विरोध चयन भएका छन ।
यस अघि संघका अध्यक्ष अव्राहम खानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमममा मुआथाईका प्रमुख प्रशिक्षक तथा केन्द्रिय उपाध्यक्ष दीपकबहादुर गोदार, खेलकुद पत्रकार मञ्चका अध्यक्ष एकराज गिरी, संघका सचिव देवेन्द्रराज सुवेदी लगायतले शुभकामना दिएका थिए ।
सो अवसरमा नबनिर्वाचित अध्यक्ष प्रदीप पहारीले मुआथाईलाई कास्कीको नमुना र उत्कृष्ट संघ बनाउने गरी काम गर्ने अघि वढ्ने प्रतिवद्धता जनाएका छन ।
