पोखरा महानगरबाट ५ जना खेलाडी वुद्धिचाल प्रतियोगितामा सहभागी हुने, प्रमुख जिसीले गरे विदाई

पोखरा स्पोर्टस । भक्तपुर नगरपालिकको आयोजनामा हुने अन्तर नगर वुद्धिचाल प्रतियोगितामा पोखरा महानगरले ४ जना खेलाडीलाई सहभागी गराउने भएको छ ।

यहि फागुन २९ बाट चैत्र ३ सम्म आयोजना हुने प्रतियोगितामा पोखरा महानगरको प्रतिनिधित्व गर्दै राम बहादुर क्षेत्री, अनिल बहादुर कोइराला, महेश्वर अधिकारी, सागर शाही, यूवराज भण्डारीले सहभागिता जनाउने भएका छन । उक्त टिमको म्यानेजरमा शुक्रराज प्रधान रहेका छन ।

प्रतियोगितामा सहभागिता जनाउने टोलीलाई पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिसीले जितको शुभकामना दिंदै विदाई गरेका छन । उक्त प्रतियोगिताका लागि पोखरा महानगरले टिम व्यवस्थापनका लागि नगद ४० हजार उपलव्ध गराएको छ ।

उक्त प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५० हजार, द्वितिय हुनेले नगद १ लाख, तेश्रोले नगद ५० हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close