
पोखरा स्पोर्टस । हिमालयन क्लव पोखरा २१ ले आयोजना गरेको सेभेन ए साइड कृस्ती कपको उपाधि चाउथे क्लवले जितेको छ ।

शनिवार भएको फाइनल खेलमा चाउथेले डेभिज फल यूथ क्लव ‘वि’लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । उपाधी सँगै चाउथेले नगद १६ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसै गरी उपविजेता बनेको डेभिजफल क्लवले नगद ८ हजारका साथमा कप, मेडल र ट्रफी प्राप्त गरेको झपट बहादुर रानाभाटले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
विजेता टम तथा खेलाडीलाई गण्डकी प्रदेशका सांसद तथा विधायन समितीमा सभापती मोहन रेग्मी, कास्की जिल्ला समन्वय समितीका सदस्य तोरण बानिया लगायतले एक समारोहका विच नगद, कप, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । स्मरणिय के छ भने उक्त प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका सांसद कृष्ण थापाले गरेका थिए ।
Aha Rara Gold Cup Advt

