दोस्रो सूर्य तारा खेलकुद महोत्सवको तयारी सुरू, फुटबलसहित ७ खेल हुँदै

पोखरा स्पोर्टस । पोखरा लेखनाथलाई खेलकुद केन्द्रको रुपमा अघि बढाउन आयोजित दोस्रो सूर्य तारा खेलकुद महोत्सव २०८१ मा पुरूष फुटबलसहित विभिन्न ७ खेलहरू हुने भएका छन् ।

पोखरा २९ लेखनाथमा हुने दोस्रो सूर्य तारा खेलकुद महोत्सव यहि फागुन २४ गते देखि चैत्र २ गते सम्म आयोजना हुने भएको आयोजक सूर्य तारा युवा क्लबले एक पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक विष्णु पुनका अनुसार प्रतियोगितामा सुर्य तारा नेकोस कप फुटबल, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता, खुल्ला महिला स्लो स्कुटर रेस, राष्ट्रिय महिला डोरीतान प्रतियोगिता, खुल्ला टेबल टेनिस प्रतियोगिता र एथलेटिक्सका प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै विभिन्न जातिय संघ÷संस्थास्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश गरिएको छ ।

नेकोस फुटबलतर्फ १२ टिमको सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा बिजेता हुने टिमले नगद ४ लाख ४ हजार ४४४ का साथ ट्रफी, मेडल तथा प्रमाणत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत हुने हरेक प्रतिस्पर्धाहरुमा आकर्षक नगद पुरस्कारका साथमा ट्रफी र मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

महोत्सव अवधीभर १५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको अध्यक्ष पुनले जानकारी दिंदै करिव ८१ लाख खर्च हुने उनले बताए । फुटबल अवलोकनका लागि भने पहिलो चरणमा नगद रु १ सय र सेमीफाइनल र फाइनलको टिकट २ सय तोकिएको बताए ।

पोखरालाई खेलकुदमार्फत समाजका हरेक संग जोड्न महोत्सव महत्वपूर्ण रहने बताउँदै अध्यक्ष पुनले प्रतियोगिताको उद्घाटन फागुन २४ गते प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्ने छन् । त्यस्तै समापन कार्यक्रममा नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रमुख आतिथ्यतामा गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close