पोखरा म्याराथनलाई पोखरेली मञ्च यूकेको ५ लाख ३० हजार सहयोग, १० र ५ किमि दौडको रुट परिवर्तन

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा सञ्चालन हुने पोखरा म्याराथनका लागि मञ्चको अन्तर्राष्ट्रिय पार्टनर सस्था पोखरेली मञ्च यूकेले ५ लाख ३० हजार सहयोग गरेको छ ।

पोखरामा आयोजित एक पत्रकार सम्मेलन मार्फत पोखरेली मञ्च यूकेका कोषाध्यक्ष एवम समाजसेवी कमल गुरुङले ५ लाख ३० हजारको चेक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका हुन । सो अवसरमा बोल्दै मञ्चका अध्यक्ष गुरुङले पोखरेली मञ्चको सहयोगका लागि आभार व्यक्त गरे । उनले भने–“विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का विचमा विदेशबाट पोखरा म्याराथनका लागि सहयोग हुनु स¥हानिय छ ।”

पोखरा म्याराथन नेपालकै मात्रै नभई विश्वका लागि पनि चासोको विषय बनेको बताउँदै अध्यक्ष गुरुङले विदेशमा बसेर पनि आफ्नो देश ठाउँ, गाउँ र शहरको पहिचानका लागि हुने सहयोग महत्वपूर्ण रहेको बताउँदै उनले भने–“पोखरा म्याराथन शहरको उत्सव मात्रै नभई खेलकूद मार्फत पोखराको आर्थिक उन्नती पनि होस भन्ने चाहन्छौ ।” अध्यक्ष गुरुङले सन २०२४ सम्म पोखरा म्याराथनलाई म्याराथन दौडको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गर्ने लक्ष्य लिएको बताउँदै यसका लागि धेरै काम गर्न बाँकी रहेको र यसका लागि निकै चुनौतीहरु पार गर्नुपर्ने बताए ।

सो अवसरमा वोल्दै पोखरेली मञ्च यूकेका कोषाध्यक्ष एवम तमु धिं एशोसियसन यूकेका कोषाध्यक्ष समेत रहेका कमल गुरुङले पोखरा म्याराथनलाई सहयोग गर्नु सबैका लागि गौरवको विषय भएको बताउँदै पोखरा म्याराथनलाई पोखरेलीहरुले अपनत्व प्राप्त गरेको सफल कार्यक्रम मध्येको एक भएको बताए । उनले पोखरा म्याराथनलाई दौडका रुपमा भन्दा पनि ‘च्यारिटी’ मार्फत अगाडी बढ्न सके यसले समाजमा प्रतिफल सँगै राम्रो सन्देश जाने बताए ।

पोखरेली मञ्च यूकेका अध्यक्ष मान प्रसाद गुरुङले पोखरा म्याराथनमा उपस्थित हुन नसके पनि उक्त रकम संकलनका लागि पूर्व राष्ट्रिय महिला भलिवल खेलाडी मञ्जु गुरुङ राईको संयोजकत्वमा अर्थ संकलन समिती गठन गरेको जानकारी दिएका छन । उक्त समितीमा कोषाध्यक्ष कमल गुरुङ अर्थ संयोजक र रामचन्द्र गुरुङ ‘सुर्जे’ अर्थ सल्लाहाकार समितीमा रहेका थिए । अध्यक्ष गुरुङले पोखरा म्याराथनका लागि धेरै नेपालीहरु पोखरा आउन चाहेको बताउँदै कोभिडका कारण यूकेमा भइरहेको लक डाउनका कारण सम्भव हुन नसेकेको बताए । उनले पोखरेली मञ्चकोतर्फबाट सहयोग गर्नेहरुलाई आभार व्यक्त गर्दै पोखरा म्याराथनको भव्य सफलताको कामना समेत गरेका छन ।

पोखरेली मञ्च यूकेका कोषाध्यक्ष कमल गुरुङले के भने त ?

१० र ५ किलोमिटर दौडको रुट परिवर्तन
पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किलोमिटर महिला तथा पुरुष र ५ किलोमिटर छात्रा–छात्रा दौडको रुट परिवर्तन भएको मञ्चका अध्यक्ष गुरुङले जानकारी दिएका छन । चैत्र १४ गते हुने १० किलोमिटर दौड पोखरा रंगशालाबाट शुरु भएर पृथ्वीचोक, मुस्ताङचोक, शहिद चोक, लेकसाइड हल्लनचोक, जरेवर, जिरो किमि, सृजनाचोक, सभागृह चोक, न्यूरोड हुँदै चिप्लेढुङ्गा स्थित मानवअधिकार चौतारमा पुगेर समापन गरिने मञ्चले जनाएको छ । त्यसै गरी २०७८ वैशाख ४ गते आयोजना हुने ५ किलोमिटर दौड पोखरा रंगशाला, पृथ्वीचोक, सभागृह चोक, न्यूरोड, विपी चोक चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पोखरा रंगशालामा पुगेर समापन हुनेछ ।

ह्विल चियर तथा दृष्टि विहिन दौडको तयारी पुरा
पोखरा म्याराथन अन्तर्गत यहि फागुन २२ गते शनिबार आयोजना हुने ह्विल चियर महिला तथा पुरुष र दृष्टि विहिन महिला तथा पुरुष दौडको अन्तिम तयारी पुरा भएको मञ्चले जनाएको छ । उक्त दौड अन्तर्गत ह्विल चियर महिला पुरुषतर्फ १५ र दृष्टि विहिनतर्फ ४५ जना भन्दा वढीले नाम दर्ता गरिसकेको मञ्चका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन । यसै विच भूतपूर्व खेलाडी मञ्च नेपालले वैशाख ४ गते ‘रन फर फन’ कार्यक्रम समेत हुने जनाएको छ । फागनु १ गते हुन नसकेको रन फर फनलाई वैशाख ४ गते ५ किमि दौड सँगै गरिने भएको अध्यक्ष गुरुङले बताएका छन ।

सम्पन्न पत्रकार सम्मेलनमा पोखरेली मञ्च यूकेका महासचिब मोहन थापा, गैर आवाशिय नेपाली संघ यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, घान्दु्रक समाज यूकेका अध्यक्ष अर्जुन गुरुङ लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close