प्रथम पुतलीबजार कप भलिबलको उपाधि गल्कोटले जित्यो

पोखरा स्पोर्टस । प्रथम पुतलीबजार कप अन्तर पालिका स्तरीय पुरुष भलिबलको उपाधि वागलुङको गल्कोट नगरपालिकाले जितेको छ ।

स्याङजामा आज सम्पन्न फाइनलमा स्याङजाको काली गण्डकी नगरपालिकालाई ३–१ सेटले पराजित गर्दै गल्कोटले उपाधि जितेको हो । उपाधी भिडन्तमा पहिलो सेट २५–२३ ले जितेको गल्कोटले दोश्रो सेट २५–१४ ले जितेको थियो भने तेश्रो सेटमा कालिगण्डकी १८–२५ सेटले खुम्चिंदै उपाधि गल्कोटलाई सुम्पिन वाध्य भएको थियो ।

उपाधि सँगै गल्कोटले नगद २ लाख जितेको छ भने उपविजेताले कालिगण्डकीले नगद १ लाख तथा नवलपुरको वर्दघाट नगरपालिका तृतिय हुँदै नगद ५० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको एभिसी रेफ्री तथा प्रतियोगिताका रेफ्रि संयोजक टहल सिंह थापा मगरले पोखरा स्पोर्टसलाई बताए । आजनै भएको तेश्रो स्थानको खेलमा वर्दघाटले स्याङजाको चापाकोट गाउँ पालिकालाई ३–१ सेटमा पराजित गरेको थियो । सान्त्वना भएको चापाकोटले नगद २५ हजार हात पारेको छ ।

यसै गरी प्रतियोगितामा गल्कोटका विमल परियार उत्कृष्ट खेलाडी घोषित हुँदै नगद १५ हजार हात पारेका छन । प्रतियोगिताको अन्य विद्यातर्फ वेष्ट सर्भर वर्दघाटका लक्ष्मण राना, वेष्ट सेटर गल्कोटका मिन सुनार, वेष्ट व्लकर चापाकोटका महेन्द्र श्रेष्ठ, वेष्ट डिफेण्डर कालिगण्डकीका धिरेन राना, वेष्ट स्पाइकर कालिगण्डकीका हरि पाण्डे र वेष्ट क्विकर गल्कोटका राजु विके घोषित हुँदै जनही नगद ७ हजार ५ सयका साथम ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन ।

प्रतियोगितामा बिजयी खेलाडीलाई पुतलीबजार नगर पालिकाका प्रमुख सिमा क्षेत्री, उपप्रमुख महेश पुरी, कार्यक्रमका संयोजक राजेन्द्र शर्मा, प्रतियोगिताका आयोजक पुतलीबजार नगर यूवा तथा खेलकुद समिती संयोजक डोल बहादुर मल्ल लगाएतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता पुतलीबजार नगर पालिकाको मुख्य प्रायोजनमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close