बुटवल ओपन टेनिस डवल्सतर्फ पोखराका नविन र ऋतिकले उपाधि जिते

पोखरा स्पोर्टस । बुटवल ओपन टेनिसको डवल्सतर्फ पोखराका नविन मगर र ऋतिक रानाको जोडीले उपाधि जितेका छन ।

आज भएको डवल्सतर्फको फाइनलमा नविन र ऋतिकको जोडीले सन्तोष खत्री र प्रनव खनालको जोडीलाई पराजित गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा नविन र ऋतिकको जोडीले ६–१, २–६ र १०–२ ले जित्दै डवल्सको उपाधि हासिल गरेको छ ।

यसै गरी पुरुष सिंगल्समा ऋतिक रानाले पोखराकै आफ्नो प्रतिद्वन्दी नविन मगरलाई ६–२, ६–३ ले क्वाटरफाइनलमा पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेका छन । त्यस्तै अर्को एक खेलमा सन्तोष खत्रीले निरज गुरुङलाई ६–०, ६–४, प्रनव खनालले निहालजङ थापालाई ६–१, ६–३ ले निशान श्रेष्ठले प्राञ्जल कायस्थलाई ७–५, ६–४ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेका छन ।

यसैगरी ३५ वर्ष माथीको सिंगल्सतर्फ राजन पौडेलले अनिल सेञ्चुरीलाई ६–१, ६–० ले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेका छन भने अर्को एक क्वाटरफाइनलमा धरम सिंह लामिछानेले पोखराकै लोक बहादुर गुरुङलाई ६–१, ६–३ ले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेका छन ।

यता ४५ वर्ष माथीको डवल्समा गोपी भट्टराई र धरम सिंह लामिछानेको जोडीले गोपाल ज्ञवाली र अर्जुन ज्ञवालीको जोडीलाई ६–३, ६–० ले पराजित गर्दै फाइनलमा स्थान शुरक्षित गरेका छन । ३५ वर्ष माथीको डवल्समा राजन पौडेल र लोक गुरुङको जोडीले सञ्जय श्रेष्ठ र अनिल सेञ्चुरीको जोडीलाई ६–३, ६–१ ले हराउँदै फाइनलमा पुगेका छन भने ५५ वर्ष माथीको डवल्सतर्फ राजु गुरुङ र बसन्त प्रधानको जोडीले हिमाल शाह र जोली टारगेनको जोडीलाई ४–६, ६–३ र १०–८ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close