पोखरा स्पोर्टस । प्रथम पुतलीबजार कप अन्तर पालिका स्तरीय पुरुष भलिबलको उपाधिका लागि बागलुङको गल्कोट नगर पालिका र स्याङजाको कालिगण्डकी गाउँपालिका भिड्ने भएका छन ।

शनिबार सम्पन्न सेमीफाइनलमा दुवै टिमले आ–आफ्नो खेल जित्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेका हुन । सम्पन्न पहिलो खेलमा बागलुङको गल्कोट नगर पालिकाले नवलपुरको वर्दघाट नगर पालिकालाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको प्रतियोगिता रेफ्री कमिटीका संयोजक तथा एभिसी रेफ्री टहल सिंह थापा मगरले पोखरा स्पोर्टसलाई बताए ।

वर्दघाट सँगको खेलमा गल्कोटले पहिलो सेट २५–२२ ले जित्दा दोश्रो सेट २५–१९ ले जित निकाल्यो । तर तेश्रो सेटमा भने गल्कोटले १५–२५ ले गुमाउन पुगेको थियो । तर चौथो सेटमा गल्कोट खेलमा फर्किदै २५–१३ ले सहज जित निकाल्दै फाइनलमा स्थान बनायो ।
यता दोश्रो सेमीफाइनल खेलमा स्याङजाको काली गण्डकी गाउँ पालिकाले स्याङजाकै चापाकोट गाउँ पालिकालाई ३–१ सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । पहिलो सेटमा २५–२० ले जितेको गण्डकीले दोश्रो सेटमा भने हार व्योहरेको थियो । चापाकोटले दोश्रो सेटमा संघर्षपूर्ण रुपमा २५–२१ को जित निकाल्न सफल रह्यो । तर तेश्रो सेटमा चापाकोट २५–२२ ले खुम्चिदा चौथो सेट भने खराव पराजय व्याहोर्न पुग्यो । चौथो सेट चापाकोटले ७–२५ ले गुमायो ।
पतलीबजार नगर पालिकाको मुख्य प्रायोजन तथा पुतलीबजार नगर यूवा तथा खेलकुद समितीको आयोजनामा पहिलो पटक सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल आइतबार हुने भएको एभिसी रेफ्री थापाले जनाएका छन । उपाधि विजेता टिमले नगद २ लाख, उपविजेताले नगद १ लाख, तृतियले नगद ५० हजार र सान्तवना हुने टिमले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यसैगरी विभिन्न विद्याका खेलाडीलाई जनही नगद ७ हजार ५ सय र उत्कृष्ट खेलाडी नगद १५ हजारका साथमा ट्रफी प्रदान गरिनेछ ।
Pokhara Marathon Advt

