
पोखरा स्पोर्टस । पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजना गर्ने “चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”का लागि बेलायतबाट ट्रफी आउने भएको छ ।

निकै आकर्षक देखिने ति ट्रफी बगर भाई खलक यूकेले पठाउन लागेको हो । यहि फागुन २४ देखि २९ गते सम्म आयोजना हुनेछ । “स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका अग्रज खेलाडीहरु समेटेर भेट्रान्स फुटवल प्रतियोगीतामा आयोजना गर्दै आइरहेको छ ।

वेलायतबाट पठाइने ट्रफीहरु प्रत्येक खेलका लागि म्यान अफ दी म्याच ट्रफी सहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरीने ट्रफीहरु रहेका छन । म्यान अफ दी म्याच ट्रफी, प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी, उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, हाईस्कोरर, अनुशासित टोली, उत्कृष्ट प्रशिक्षकलाई प्रदान गरिने बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङले पोखरा स्पोर्टसलाई बताए ।
वगर भाइ खलक युकेले उक्त प्रतियोगिताका लागि करिव ७० हजार ट्रफी, मेडल र नगद सहित करिव ३ लाख ५० हजार सहयोग गर्ने भएको उक्त संस्थाका आजिवन सदस्य तथा समाजसेवी कमल गुरुङले पोखरा स्पोर्टसलाई बताए । उनले आफू सँगै ति मेडलहरु पोखरा ल्याउन लागेको जानकारी दिंदै प्रतियोगिताका लागि तमु धिं एशोसियसन यूकेका अध्यक्ष हितकाजी गुरुङले नगद ३० हजार, पूर्व राष्ट्रिय फुटबल खेलाडी ओम गुरुङले नगद ३० हजार सहयोग गरेको जानकारी समेत दिए । तमु घिं एशोसियसनका कोषाध्यक्ष समेत रहेका गुरुङले प्रतियोगितामा सहारा यूकेले दोश्रो पुरस्कारको राशी नगद ५५ हजार ५ सय ५५ सहयोग गरेको छ भने १ लाख २५ हजार नगद सहयोग बगर भाई खलक यूकेले गरेको छ ।
पोखराको पुरानो टुँडीखेल मैदानमा आयोजना हुने प्रतियोगितमा २४ टिमको सहभागिता हुने अध्यक्ष गुरुङले जनाएका छन । उनले भने–“हामी प्रतियोगिता आयोजनाको अन्तिम चरणमा आइपुगेका छौं यति बेला मैदान व्यवस्थापन लगाएतको कार्यलाई तिव्रता दिएका छौं ।”
Pokhara Marathon Advt

