पुतलीबजार कप भेट्रान्स भलिबलको उपाधी बिरुवाले जित्यो

पोखरा स्पोर्टस । प्रथम पुतलीबजार कप अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत भेट्रान्स भलिबलको उपाधी बिरुवाले जितेको छ ।

प्रतियोगिता अन्तर्गत भएको पुरुष भेट्रान्स ३५ बर्ष माथीको खेलमा बिरुवा गाउँ पालिकाको भेट्रान्स टिमले पेल्का चौर गाउपालिका, रामखोला भेट्रान्स टिम तथा गल्याङ नगरपालिकाको टिमलाई पराजित गर्दै भेट्रान्स भलिबलको उपाधी जित्न सफल भएको हो ।

विरुवा गाउँ पालिका टिमको नेतृत्व पुर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी एवम् एभिसि रेफ्री टहल सिंह थापाले गरेका थिए भने टिममा गण्डकी प्रदेश भलिबल प्रशिक्षक रमेश केसी को पनि सहभागिता रहेको थियो । भेट्रान्सतर्फ ७ टिमको सहभागिता रहेको थियो ।

यसै गरी पुरुष तर्फको पुतलीबजार कप भलिबल प्रतियोगितामा १२ गाउँ पालिका तथा नगरपालिकाहरुको सहभागिता रहेको छ । उक्त प्रतियोगिताका रेफ्री कमिटीका संयोजक थापाका अनुसार सबै लिग चरणका खेलहरु सम्पन्न भइसेकका छन । एभिसी रेफ्री थापाले जनाए अनुसार भोलिबाट सेमि फाईनल खेलहरु शुरु हुनेछन ।

सेमीफाइनलमा गलकोट नगरपालिका र बर्दघाट नगरपालिकाका बिचमा पहिलो र कालिगण्डकी गाउँ पालिका र चापाकोट नगर पालिकाको बिचमा दोस्रो सेमिफाईनल खेल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close