
पोखरा स्पोर्टस । काठमाडौंमा फागुनको अन्तिम साता ‘गोल्डन एथ्लेटिक्स मिट्–२०२१’ हुने भएको छ ।
काठमाडौ,ललितपुर र भक्तपुर जिल्ला एथलेटिक्स संघको संयुक्त आयोजनामा र प्रो–स्पोर्ट्स प्रा.लिको संयोजकत्वमा ‘गोल्डन एथ्लेटिक्स मिट्–२०२१’ फागुन २९ गते हुने भएको हो । प्रतियोगितामा महिला र पूरुष सिनियर तर्फ ५ ईभेन्ट तथा जुनियरमा ३ ईभेन्ट समावेश गरिएको छ ।
प्रतियोगितातर्फ सिनियर तर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, ३ हजार मिटर दौड र जुनियर तर्क १ सय मिटर,४ सय मिटर, ८ सय मिटर दौडमा प्रतिस्पर्धा हुने छन । उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय स्थान हासिल गर्ने खेलाडीहरुलाई नगद ७ हजार, ५हजार, ३ हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिने जिल्ला एथ्लेटिक्स संघ काठमाडौकी अध्यक्ष मञ्जु श्रेष्ठले जनाएकी छन ।
प्रतियोगितामा सिनियर र जुनियर तर्फ दुबै बिधामा उत्कृष्ट नतिजा प्रदर्शन गर्ने महिला र पूरुष खेलाडीलाई पूरस्कृत गरिने यस प्रतियोगितामा बिभागिय टिमका साथै बिभिन्न निकायका खेलाडीहरुले भाग लिने भएको र प्रतियोगिता संचालन गर्न करिव रु.७ लाख रकम खर्च हुने अनुमान आयोजकले गरेको छ ।
लामो समयको अन्तराल पछि ट्रयाक एण्ड फिल्डको प्रतियोगिता हुने भएको छ । ट्रयाक एण्ड फिल्डतर्फका कुनै प्रतियोगिता नहुँदा खेलाडीहरुले समेत असन्तुष्टि जनाइरहेका थिए ।

