
पोखरा स्पोर्टस । पोखरा टुडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ मा आज भ्याली स्पोर्टस्ले पाहुना टोली भिमाद भेट्रान्स माथी सहज जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पुरानो टुडिखेलमा सम्पन्न खेलमा भिमाद भेट्रान्स माथि हावि हुदै १४–० गोल अन्तरले पराजिगत गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो । भ्यालीको जीतमा विजय गुरुङले ट्रीपल ह्याट्रिकको योगदान दिए । त्यस्तै अर्को एक खेलमा नयांगल्ली भेट्रान्सले मित्रता एफसीलाई ८ं–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
त्यस्तै वालिङ भेट्रान्सलाई २–१ गोलको अन्तरले एलजी एशोसियसनले हरायो । अब एलजीले बिहिबार भ्याली स्पोर्टस्सँग भिड्नेछ । गार्डेन एफसीले ४–० को गोल नतिजा सहित विष्णुपादुकालाई पाखा लगाउदै क्वाटरफाईनलमा प्रवेश गर्याे ।
त्यस्तै बिटी एफसीलाई गोर्खा अल्टिमेट फिटनेशले ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश पायो । त्यस्तै अन्तिम खेलमा ईन्द्रेणीलाई काल भैरवले ४–१ गोल अन्तरले सहज जित निकाल्यो ।

