टेबुल टेनिसको प्रशिक्षण ‘ऐम फर दि स्टार्स’ बुटवलमा हुने

पोखरा स्पोर्टस । नेपाली जुनियर टेबुल टेनिस खेलाडीहरुलाई लक्षित गरी अखिल नेपाल टेवुल टेनिस संघले प्रशिक्षण दिने भएको छ ।

‘ऐम फर दि स्टार्स’ विशेष कार्यक्रम अन्तर्गत साता व्यापी प्रशिक्षण एशियाली टेबुल टेनिस युनियन (एटिटियू) को सहयोगमा हुने भएको हो । प्रशिक्षण यहि फागुन १३ गते देखि १९ गते सम्म बुटवलमा आयोजना हुने भएको संघका अध्यक्ष चतुरानन्दराज वैद्यले जनाएका छन ।

एशियाली टेवुल टेनिसको सर्वोच्च संस्थाको विशेष कार्यक्रम अन्तर्गत हुने प्रशिक्षणमा देशभरीबाट छानिएका २६ जनाले सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष तथा कार्यकारी निर्देशक समेत रहेका अध्यक्ष वैद्यले पोखरा स्पोर्टसलाई बताए । अध्यक्ष वैद्यले यो कार्यक्रमले नेपालमा यूवा तथा प्रतिभावान खेलाडीहरुले छोटो समयमा पनि आफूलाई निर्खान सक्ने बताए ।

‘ऐम फर दि स्टार्स’ अन्तर्गत नेपालले तेश्रो पटक आयोजनाको अवसर प्राप्त गरेको प्रशिक्षणले नयाँ खेलाडी उत्पादनमा समेत महत्वपूर्ण योगदान पुगेको अध्यक्ष वैद्यले बताएका छन । उनले भने–“गत वर्ष सम्पन्न १३ औं सागमा समेत नेपालले टेवुल टेनिसमा राम्रो पदर्शन गरेको थियो”, उनले थपे–“संघले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण दिएकोले नै यो सम्भव भएको हो ।”

आगामी दिनमा समेत प्रशिक्षणका कार्यक्रमहरु नियमित गर्दै जाने बताउँदै वुटबलमा हुने प्रशिक्षणमा राष्ट्रिय जुनियर टेवुल टेनिसमा क्वाटरफाइनलमा पुगेका १६ जना खेलाडी र प्राविधिक कमिटीको सिफारिसका आधारमा थप जना गरी २६ जनाको सहभागिता हुने अध्यक्ष वैद्यले जानकारी दिए । प्रशिक्षणमा मुख्य गरी काठमाण्डौ, भक्तपुर ललितपुर मोरङ, सुनसरी, दाङ र रुपन्देही जिल्लाका खेलाडीको सहभागिता हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close