मुख्य मन्त्री कप भलिबल पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दीलाई उपाधि

पोखरा स्पोर्टस । कास्की जिल्ला भलिवल संघ कास्कीद्वारा आयोजित “मुख्य मन्त्री कप प्रदेशस्तरिय भलिवल प्रतियोगिता–२०७७” अन्तर्गत पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दीले उपाधि जितेका छन ।

आज सम्पन्न पुरुषतर्फको फाइनल खेलमा उपाधि दावेदार मानिएको स्याङजालाई ३–२ सेटले पराजित गर्दै तनहुँले उपाधि जितेको हो । चार जना राष्ट्रिय खेलाडी सहित फाइनलमा उत्रिएको स्याङजालाई चकित पार्दै फाइनलमा तनहुँले पहिलो सेट.२३-२५ ले गुमाउन पुग्यो । तर दोश्रो सेटमा कमव्याक गर्दै तनहुँले. २५-१७.सेटमा अग्रता लिंदै स्याङजा सँग बरावरी खेल्यो ।

तेश्रो सेटमा तनहुँ स्याङजा माथी हावी हुँदै २५-२० सेटमा तेश्रो सेट हात पार्दा चौथो सेट भने स्याङजाले २५-१३ आफ्नो पक्षमा पार्न सफल भयो । हजारौं दर्शकका विच भएको प्रष्पिर्धात्मक फाइनल तथा पाँचौ सेटमा तनहुँले स्याङजा सँग १५-१० जित निकाल्दै उपाधि जित्न सफल भयो ।

यता महिलातर्फको फाइनल खेलमा म्याग्दीले सोझो सेटमा पर्वतलाई हराउँदै उपाधि उचालेको छ । नेपाल राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको नेतृत्वमा मैदानमा उत्रिएको म्याग्दीले २५-१४, २५-१४ र २५-१७ ले जित निकाल्दै उपाधि उचालेको हो ।

यता तेश्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ पर्वतले म्याग्दीलाई २३-२५,२५-१४,२५-१७ र २७-२५ को सेटमा पराजित गरेको छ भने तेश्रो स्थान हात परोको छन भने महिलातर्फ तनहुँले कास्कीलाई २५-१६, २२-२५, २५-१४ र ३०-२८ ले पराजित गर्दै भएको छ ।

प्रतियोगिताको उपाधि विजेता पुरुष तथा महिला टोलीले समान २–२ लाख र ट्रफी पुरस्कार प्राप्त गरे । यस्तै उपविजेता बनेको टोलीले १–१ लाख प्राप्त गर्दा तेस्रो भएको टोलीले ५०–५० हजार प्राप्त गरेका छन् ।

मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा अरुणा शाही र मिलन चन्द ठकुरी सर्वोत्कृष्ट खेलाडी खेलाडी घोषित भएका छन् ।

पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको महिलातर्फ म्याग्दीका अरुणा शाही र पुरुषतर्फ तनहुँका मिलन चन्द सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । आफ्नो टिमलाई प्रतियोगिताको उपाधि दिलाउन दुबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

महिलातर्फ तनहुँकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, पर्वतकी हिरा केसी उत्कृष्ट ब्लकर, म्याग्दीकी कमला पुन उत्कृष्ट सर्भर, तनहुँकी बबिसरा राना उत्कृष्ट सेटर, कास्कीकी अंशु थापा उत्कृष्ट लिब्रो र म्याग्दीका तेजेन्द्र बानियाँ क्षेत्री उत्कृष्ट प्रशिक्षक चुनिए ।

पुरुषतर्फ तनहुँका अशोक श्रेष्ठ उत्कृष्ट स्पाइकर, स्याङ्गजाका महेन्द्र श्रेष्ठ उत्कृष्ट ब्लकर, स्याङ्गजाका बिबस थापा उत्कृष्ट सर्भर, तनहुँका बिबस आले उत्कृष्ट सेटर, स्याङ्गजाका राजन दर्लामी मगर उत्कृष्ट लिब्रो र तनहुँका पदम सुनार उत्कृष्ट प्रशिक्षक चुनिए । सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ५–५ हजार प्राप्त गरेका छन ।

गत फागुन ४ गतेबाट सत्तचालन भएको प्रतियोगितामा उपाधि विजेता टिम तथा खेलाडीलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङ, राखेपका सदस्य राजेश गुरुङ लगाएतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा भलिवल खेलको विकासमा योगदान पुर्याएको भन्दै भलिवलकी प्रशिक्षक कौशिला खत्री र पोखराका तिन विद्यालय टप्स, ज्ञानुवावा र फिसटेल एकेडमीलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close