
पोखरा स्पोर्टस । कास्की जिल्ला वुद्धिचाल संघको आयोजनामा “११ औं खुल्ला वुद्धिचाल प्रतियोगिता” शुक्रबारबाट पोखरामा शुरु भएको छ ।

तिन दिन सम्म चल्ने प्रतियोगिताको पहिलो दिन पहिलो र दोश्रो चरणका खेलहरु सम्पन्न भएका छन । आज सम्पन्न दोश्रो चरणका खेलबाट १३ जनाले आ–आफ्नो खेल जितेका छन ।
स्विश लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा राम बहादुर क्षेत्री, अनिल बहादुर कोइराला, महेश्वर अधिकारी, राजन पहाडी हुमराज गुरुङ, आशिष घिमिरे, एकराज अधिकारी, वुद्धीराज शर्मा, यूजित अधिकारी, यूवराज भण्डारी, मनोज ठकुरी र पुकार श्रेष्ठले आ–आफ्नो खेल जितेका छन भने सागर शाही र विनोद नाल्मी विचको खेल भने ड्र भएको छ ।
आइतबार सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र चौथो हुने खेलाडीले क्रमश नगद रु ७, ५, ३ र २ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन पाँचौ स्थान हुनेले नगद १ हजार तथा छैटौं देखि १० औं स्थान सम्म हुने खेलाडीले नगद जनही ५ सय प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस अघि प्रतियोगिताको उद्घाटन कास्की जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश वरालले गरेका थिए । कार्यक्रम कास्की जिल्ला वुद्धिचाल संंघका अध्यक्ष शुक्रराज प्रधानको अध्यक्षतामा भएको थियो ।
