अन्तर्राष्ट्रिय तेक्वान्दोमा अशोक उत्कृष्ट निर्णायक

पोखरा स्पोर्टस । नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का ‘द रियल डिल गि विन अन्तर्राष्ट्रिय अनलाइन पुम्से प्रतियोगिता’मा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

मलेसियाबाट सञ्चालित प्रतियोगितामा विभिन्न ९ देशका ११ निर्णायक मध्ये अशोक उत्कृष्ट चुनिएका हुन् । उक्त प्रतियोगितामा नेपालबाट निर्णायकको भूमिका निर्वाह गर्ने अशोक एक्लो हुन् । पाँचदिने प्रतियोगितामा करिब ९ सय खेलाडीले ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close